गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान

Janardan-Sharmaकाठमाडौं, २७ असार । गृहमन्त्री जनार्दन शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज श्रीलंका प्रस्थान गरेका छन् ।

श्रीलंका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले सार्कको सुरक्षा चुनौती र सार्क आबद्ध राष्ट्र बीचको सम्बन्धका बारेमा भ्रमणमा छलफल हुने जानकारी दिए । उनले भने, ‘अपराध नियन्त्रणमा कसरी सहजता ल्याउने तथा लागुऔषध, आतङ्कवाद लगायतका समस्याका विषयमा बैठकमा छलफल हुने छ ।’

बिहीबारसम्म हुने भ्रमणका क्रममा श्रीलंकाली गृहमन्त्रीसँग छुट्टै भेटवार्ताको कार्यक्रम रहेको मन्त्री शर्माले बताए ।

अर्को प्रसङ्गमा उनले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने बताए ।

बैठकमा गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी र गृह प्रवक्ता दीपक काफ्ले श्रीलंका प्रस्थान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने