काठमाडौं, २७ असार । ९० को दशकमा नेपाली फिल्म नगरीमा उदाएका राजेश हमालको ‘हिरोइजम’को पछिल्लो संस्करण हुन्, अनमोल केसी । केही वर्षअघि मात्र नेपाली फिल्म उद्योगमा उदाएका अभिनेता भुवन केसीपुत्र अनमोलले हिरोइजमको साख जोगाउनेमात्र होइन, अब फिल्म क्षेत्रको शेष पनि बाँकी राख्नसक्ने देखिन्छ । फिल्म उद्योगका सवै एकातिर र अनमोल अर्कातिर हुँदा ‘अनमोल’ भारी छन् ।
केही समयअघिसम्म निर्देशकले फिल्मलाई बचाउने, नाट्य अभिनेताहरूले उद्योगमा बाजी मार्नसक्ने अनुमान गरिएको थियो । तर, अब यो अनुमान विस्तारै असफल हुन थालेको छ । उद्योगमा राम्रो भनिएका निश्चल बस्नेत, दिपेन्द्र के खनाल, रामबाबु गुरुङजस्ता निर्देशकहरू क्रमिक रूपमा असफल भएपछि उद्योगको साख जोगाउने एकमात्र पात्र ‘अनमोल केसी’ देखिएका छन् । बस्नेतको लुट २, खनालको चपली हाइट २, गुरूङको पुरानो डुङ्गा त्यति उत्कृष्ट भएनन् । खनाल निर्देशित धनपति अहिले बजारमा छ मिश्रित प्रतिक्रिया छन् । तर, यसबीच अनमोलको आउँदै गरेको फिल्मको पर्खाइ धेरै
दर्शकलाई छ । ‘कृ’ पोस्टर नै सामाजिक सञ्जाल र मिडियामा पर्याप्त हेर्नुका साथै शेयर भइसकेको छ ।
अनमोलको चर्चा दिनप्रतिदिन उकालो लागिरहेको छ । उनको पहिलो फिल्म होस्टेल थियो, जसले अपार आम्दानीमात्र गरेन नयाँ पुस्तालाई फिल्मनगरीमा स्थापित गराउन सकिन्छ भन्ने सन्देश दियो । त्यसले एउटा पुस्ताको प्रतिनिधित्व गरेपनि फिल्मबाट एकजना मात्रै बजारमा चल्यो, अनमोल केसी ।
अनमोलको अर्को सोलो फिल्म आयो जेरी । जसलाई दर्शकले मन पराउनुको कारण नै, उनी थिए । फिल्मले हलहरू कव्जा गर्दै उत्कृष्ट व्यापार गर्न सफल भयो । अनमोलको क्रेज पहिलेको भन्दा दुईगुणा बढ्यो । अनमोलको अभिनय एकैप्रकारको मात्र भयो भनेर कटाक्ष हुँदा पनि उनको शैलीमा नआएको तात्विक परिवर्तनबीच उनका फिल्म चले । ‘यसलाई हिरोइजमको एउटा पाटो भन्न सकिन्छ । जति फिल्म आएका छन्, तिनले बजार राम्रोसँग चलेका छन् ।’, निर्माता प्रस्तुतकर्ता तथा अभिनेता भानु प्रताप भन्छन्,‘नाटक विधाबाट पनि फिल्म राम्रो बनेका थिए तर पछिल्ला केही वर्षमा उत्कृष्ट देखिएन । थिएटर आर्टिस्टले उद्योगमा केही परिवर्तन त ल्याए तर त्यो दिर्घकालिन धान्ने खालको देखिएन । हिरोइजम नै उद्योगमा चल्छ भन्ने प्रमाण देखा परिसक्यो ।’
अनमोलको दोस्रो फिल्म ड्रिम्स जसको निर्देशक भुवक केसी आफैं भएपनि चर्चाको सवै श्रेय अनमोलले पाए । र, तेस्रो गाजलुले पनि उत्कृष्ट व्यापार गरी चर्चा कमायो । उनको यो लोकप्रियताले निर्माता र निर्देशकहरू छक्क परेकै छन्, उनकै संस्करणका अन्य अभिनयकर्ताको खोजी गर्न पनि चुकेनन् । ‘अनमोलको लुक्सले स्थातिप गरेको चल्ती थियो । जसलाई अरूले पछ्याए ।’, निर्माता भानु प्रताप भन्छन्,‘यहि हो, हिरोइजम भनेको ।’
राम्रै निर्देशकको हातमा रहेका फिल्महरू पनि डुबे । हाँसले दुध र पानी छुट्याएझैं असल र खराब चिजलाई दर्शकले राम्रोसँग छुट्याउन सके । ‘अहिलेको दर्शकलाई कमजोर भन्न मिल्दैन । दर्शकले सवैकुरा छुट्याउने सक्षमता देखाउँछन् । अबको समय कस्तो आयो भन्ने पनि दर्शकले छुट्याएका कारणले नै अनमोल समय आएको भन्ने पुष्टि हुन्छ ।’, फिल्म पत्रकार सामिप्यराज तिमल्सिना भन्छन्,‘फिल्म क्षेत्रमा यस्तो भइरहन्छ । तर, अनमोलको समय कति लामो चल्नेछ वा कति टिकाउन सक्छन् भन्नेमा भर पर्छ ।’
सँधै हिरोइजम मात्रै चल्छ भन्ने पनि हुँदैन, फिल्ममा । बलिउडमा चलेका खानहरूका पछिल्ला फिल्महरूले ल्याएको नतिजा निराशाजनक छ । तर, उनीहरूको सत्ता भने गुमेको छैन । अझै फ्यान र दर्शक तीन खानका फिल्मका पर्खाइमा नै हुन्छन् । अनमोल पनि सोही बाटोमा छन् । उनी चुजी छन् । आएका अफरअनुसार फिल्म खेलीहाल्ने प्रवित्तिका छैनन् । पछिल्लो पटक उनको आउँदै गरेको फिल्म ‘कृ’को फस्ट लुक्सले नै उनको उचाईमा नयाँ इटा थपिसकेको छ । ‘यसका लागि जति मिहेनत गरेका छन्, त्यसले पनि उनको हिरोइजम कायम राख्यो । मान्छेलाई अनमोल खोजी र चासोको विषय बन्नु नै उनको लोकप्रियताको बर्षहरू चल्नु हो ।’, फिल्म निर्देशक देवकुमार श्रेष्ठ भन्छन्,‘नयाँपन त्यहि हो, जुन एक पात्रले अनेक फिल्ममा नयाँ नयाँ चीज दिन्छ । अनमोलले प्रत्येक फिल्ममा नयाँ र भरपर्दा हिरोइन दिएका छन् ।’
नेपाली फिल्म उद्योगमा सक्रिय भएका कलाकारहरूको राम्रो प्रस्तुती हुँदाहुँदै पनि फितलो बन्ने कारण व्यावसायीक सुरक्षा नहुनु रहेकाले पनि एकाध कलाकारमात्र हिरोइजम टिकाउन सफल भएका छन् । एउटा संभ्रान्त परिवारबाट आएका कारणले राजेश हमालका लागि समय सफल बनिदियो, फिल्मी दुनियाँमा बाबुले स्थापित गरेको सत्ताको निरन्तरता हिसावले अनमोल चम्किने निश्चित रहेको धेरैले अनुमान गरेका छन् ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको