१६ वर्षीय किशोरको ७१ वर्षीया बृद्धासँग माया बसेपछि…

coupleभनिन्छ, प्रेम अन्धो हुन्छ । माया गर्नेहरुका लागि जाति, धर्म, उमेर केहीको पनि छेकबार हुँदैन । हालै इण्डोनेसियाको एक जोडीले यो कुरालाई प्रमाणित गरेको छ ।

इण्डोनेसियामा एकजना १६ वर्षका किशोरले ७१ वर्षकी महिलासँग प्रेम विवाह गरेका छन् ।

 

१६ वर्षका सेलामत रियादी र ७१ वर्षकी रोहायाबीच माया बसेछ । हजुरआमाको उमेरकी महिलासँग माया प्रिति बसेपछि सेलामतलाई धेरैले अनेक थरि लाञ्छना लगाए । तर ती वृद्धासँग उनको प्रेम यति गहिरो थियो कि उनी कुनै पनि हालतमा छाड्न सक्ने अवस्थामा थिएनन् । वास्तवमा सेलामत र रोहाया एक अर्काविना बाँच्नै नसक्ने भएका थिए ।

रोहायाले यसअघि दुईपटक विवाह गरिसकेकी थिइन् । तर विडम्बना उनका दुबै लोग्ने मरेका थिए र उनी विधवा थिइन् । उनी अहिले जीवनको आखिरी समय गुजारिरहेकी छन् । तर, यो उमेरमा लक्का जवान तेश्रो लोग्ने पाएकी छन् उनले ।

१६ वर्षका किशोर र ७१ वर्षकी महिला बीचको सम्बन्ध कसैका लागि रुचीकर हुने कुरै भएन । दुबैजनाका घर परिवारले उनीहरुको सम्बन्धको विरोध गरिरहेका थिए र उनीहरुलाई कुनै पनि हालतमा बिहे गर्न नदिने पक्षमा थिए । तर, उनीहरु दुबैजनाले यदि बिहे गर्न नदिएमा आत्महत्या गर्ने धम्की दिए । त्यसपछि घरपरिवारका मान्छे डराए र बिहे गराइदिन राजी भए ।

तन्नेरी र वृद्धाबीचको त्यो अनमेल बिहेको भिडियो सोसल मिडियामा भाइरल भएको छ । परम्परागत रितिरिवाज अनुसार नै उनीहरुको बिहे गराइयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी