पूर्वसभासद कुशवाहा माओवादी फर्किए, प्रचण्ड भन्छन्,बाबुराम-विप्लव पनि फर्कनुपर्छ

Prachanda-kuswaha२६ असार, काठमाडौं । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहा माओवादी केन्द्रमा फर्किएका छन् । उनी माओवादी छाडेर सद्भावना पार्टी हुँदै नयाँ शक्तिमा पुगेका थिए ।

 

सोमबार कुशवाहा लगायतका नेताहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन् । माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर माओवादी केन्द्रमा फर्किएको कुशवाहाले बताए ।

कार्यक्रममा प्रचण्डले ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताएका छन् ।

उनले अघि भने, ‘सबै माओवादी घर फर्किनुको बिकल्प छैन । बाबुरामजी पनि छिट्टै र्फकनुपर्छ, सबै नेता फर्केपछि एक्लै र्फकनुको अर्थ पनि रहँदैन । वैद्यजी, विप्लवजी पनि र्फकनैपर्छ, अन्त जाने कुनै ठाउँ छैन ।’

अर्को एक प्रसंगमा उनले स्थानीय जुनसुकै जिते पनि काम माओवादीकै गर्नु पर्ने बताएका छन् । प्रचण्डले भने, ‘भर्खरै छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । हामीले निर्वाचनमा अपेक्षाअनुसार जित्न सकेनौं । तर, माओवादी विचार, राजनीति र एजेण्डाले जितेको छ ।’

उनले अघि भने, ‘निर्वाचनमा कांग्रेस, एमाले लगायतका दल र उम्मेदवारले जिते पनि संघीयता, गणतन्त्र र स्थानीय सरकारको माओवादी एजेण्डाभन्दा बाहिर गएर उनीहरुले काम गर्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने