असार २५, काठमाडौं–नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले यसअघि कुल कर्जाको २० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यो पनि पुरा हुन नसकिरहेको अवस्थामा पुन कर्जा प्रवाहलाई २५ प्रतिशत बनाएको छ । नयाँ नीति अनुसार कृषि क्षेत्रमा १० प्रतिशत, उर्जा, पर्यटन र अन्य क्षेत्रमा ५/५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ ।
राष्ट्र बैंकले जलविद्युत, कृषि, पर्यटन, साना तथा मझौला उद्योग, औषधी, गार्मेन्ट उद्योगलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा पनि राखेको छ । यस्तै, पुर्नकर्जाको व्यवस्थालाई करिव दोव्वर वनाएको छ । १० अर्व ८४ कोडको पुकर्जा सुविधालाई वढाए २० अर्व पु-याएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई चुक्ता पुँजी नपु-याए कारवाही गर्ने नीति लिएको छ । तोकिएको समयमा चुक्ता पुँजी नपु¥याउनेलाई फोर्स मर्जर सहित नगद लाभाशं वितण, शाखा विस्तार, नयाँ निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाउने नीति लिएको हो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको