गृहमन्त्री शर्मा : काठमाडौंको ट्राफिक जाम व्यवस्थित गर्नेगरी काम हुँदैछ

janardan-sharma-3_ypJLYIN1ATअसार २५, काठमाडौं–गृहमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भईरहेको बताएका छन् । 

 आइतबार ब्यवस्थापिका संसदमा बिनीयोजन विद्येयक–२०७४ बारे गृह मन्त्रालयसँग सम्वन्धीत विषयहरुमा जवाफ दिँदै मन्त्री शर्माले भने, ‘ट्राफिक जामको समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँगको छलफलपछि काठमाडौं महानगरका कार्यकारीको संयोजकत्वमा एउटा कमिटी गठन गरेर ब्यवस्थित प्लान निर्माण गर्ने कार्य भईरहेको छ, १५ दिनभित्र प्लान तयार गरेर २–३ महिनाभित्र रिजल्ट आउनेगरी काम गर्नका लागी प्रक्रिया अगाडी बढेको छ ।’

ट्राफिक जामको समस्या समाधानका लागी गृहमन्त्रालयसँग थोरै मात्र अधिकार रहेको उल्लेख गर्दै मन्त्रि शर्माले भने, ‘ट्राफिक प्रहरी परिचालन गर्नेबाहेक अन्य अधिकार गृह मन्त्रालयसँग छैन,त्यसैले सरोकारवाला मन्त्रालयका सवै विभागिय प्रमुखहरुलाई राखेर एउटा ब्यवस्थित प्लान निर्माणको काम भईरहेको छ ।’

काठमाडौंका सडक तथा पसल अगाडि अब्यवस्थित पार्किङ गर्नाले पनि सडक जाम बढेको उल्लेख गर्दै मन्त्री शर्माले पार्किङबारे चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने र दण्डीत गर्नका लागि आवश्यक तयारी गर्नुपर्ने बताए । 

‘विभिन्न मन्त्रालयले गर्ने निर्माणको काममा बाटोघाटोमा खाल्डो पारिदिने र त्यसलाई दुई हप्तासम्म छाडिदिने गर्नाले समस्या बढेको छ, एकातिर ढल खन्दै जाने अर्कोतिरबाट खानेपानीको काम गर्दै जाने जस्ता समस्याबारे मैले सम्माननिय प्रधानमन्त्रीसँग अनुरोध गरेको छु’ उनले भने, ‘शहरी विकासका सवै कामलाई एकीकृत रुपमा लैजानुपर्ने आवश्यकता भएको छ ।’

उपत्यका बाहिरबाट आउने गाडीहरु शहरको भित्रि भागसम्म पुग्ने कार्यलाई रोकेर चक्रपथ बाहिरै राख्नेगरी छलफल अगाडी बढेको उनले बताए । 

गृहमन्त्री शर्माले नेपालका जेलहरु जीर्ण भएको उल्लेख गर्दै कतिपय जेलहरु अहिलेको अवस्थामा बस्नै नमिल्ने खालका रहेको बताए ।

सांसद प्रेम सुवालले खुल्ला सिमानाबारे उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रि शर्माले सिमा स्तम्भको संरक्षणका लागी शसस्त्र प्रहरीको स्थायी र अस्थायी गरी ८९ स्थानमा बोर्डर आउट पोष्ट स्थापना गरेको बताए । 

त्यस्तै नेपाल प्रहरीको रिक्त पदहरुमा एक महिनाभित्र बढुवा प्रक्रिया शुरु गर्ने नीति बनाईएको जानकारी दिँदै उनले भने, ‘धेरै समय बढुवा नहुने कसैलाई माथी तान्न कसैलाई तल पार्न लामो समय बढुवा नहुने गुनासोहरु आउने गरेको हुनाले सवै गुनासा अन्त्य गर्नेगरी रिक्त हुने वित्तिकै पदपुर्तिको प्रक्रिया अगाडी बढाउने ब्यवस्था गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने