राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एजेण्डा तयार, बुधबार छलफल हुने

punarnirman_restructure_MjznCSqTroअसार २५, काठमाडौं –राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बुधबार बस्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भावी योजना, बजेट र त्यसका लागि थप संरचना तयार पार्नेगरी आवश्यक निर्णय लिन बुधबार निर्देशक समितिको बैठक बोलाइएको हो । 

निर्देशक समितिको बैठकका लागि आईतबार प्राधिकरणले एजेन्डा तयार पारेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले संस्थाको भावी योजनासहितको एजेन्डा तयार पारेको हो । 

भावी योजना, बजेट र त्यसका लागि आवश्यक संरचना बनाउने विषयमा निर्णय लिनेगरी एजेन्डा तय गरिएको प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षमा प्राधिकरणका लागि करिव १ खरव ४५ अरव ९३ करोड बजेट विनियोजना गरेको छ । प्रधानमन्त्री आफै अध्यक्ष रहेको निर्देशक समितिले विनियोजित बजेटसमेत स्विकृत गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्राधिकरणले भूकम्प प्रभावित ३७ जिल्लामा पनि प्राविधिक जनशक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ । १४ अतिप्रभावित जिल्लामा काम भइरहेको र अव प्रभावित ३७ जिल्लाको कामलाई तीव्र गतिमा अघि बढाउन प्राविधिक जनशक्ति व्यवस्था गर्ने काम सुरु गर्न लागिएको प्राधिकरणका उपसचिव भुसालले जानकारी दिए । 

आवश्यक कार्यालय समेत खोलेर प्रभावित जिल्लाको पुनर्निर्माणको कामलाई पनि तीव्रता दिने प्राधिकरणको योजना छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितहरुको गुनासो पुनरावलोकनको कामलाई पनि तीव्र गतिमा अघि बढाएको दावी गरेको छ ।

भूकम्पपछि जोखिममा परेका बस्ती स्थानान्तरण, सम्पदा क्षेत्रमा आयआर्जन लगायतका कार्यक्रमलाई पनि योजनावद्ध ढंगले अघि बढाउने निर्णय लिइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने