असार २१, गुल्मी–विगतमा सिङ्गो गाविस र वडाबाट समेत दलित समुदायले राजनैतिक दलबाट उमेदवारी पाउन मुस्किल थियो तर अहिलेको संविधानले राजनैतिक दललाई बाध्य पारेको छ ।
त्यसैको शौभाग्य भन्नु पर्छ जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर ३ मा एकै परिवारका तिन जना उमेदवार खडा गरिएको थियो, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट । तर त्यहाँ नेकपा एमालेको प्यानलले जिते पछि त्यो परिवारका तिनै जना उमेदवारले हार व्यहोरेका छन् ।
नेकपा माओवादी केन्द्रले गुने भन्ने प्रेमबहादुर नेपालीलाई खुल्ला सदस्यमा उठाएको थियो । उनकी भाई बुहारी विना नेपालीलाई पनि सोही पार्टीले खुल्ला सदस्यमै उठाएको थियो । फेरि नेपाली कांग्रेसले अर्की भाई वुहारी तुल्सी नेपालीलाई दलित महिला सदस्यमा उमेदवार बनाएको थियो ।
एक घर दुई पार्टी रहेका उनीहरु एकनएक दलबाट कुनै एक जनाले जित्ने विश्वासमा थिए तर दुवै दलले हारे पछि उनीहरुले पनि हारे । साविकको दर्लामचौर गाविस तोरीपाटामा नेपाली थरका दलितहरुको ठुलो वाहुल्य रहेको छ । तर पनि विगतमा समेत त्यहाँ गैह्र दलित उमेदवारले नै जित्दै आएका छन् । दलितले दलितलाई भोट कमैले दिने गरेका छन् ।
जात पनि फरक पार्टी पनि फरक
सोही घरका दम्पत्ती वीच जन्मिदाको जात पनि फरक राजनैतिक आस्था पनि फरक परेको छ । माओवादी केन्द्रकी उमेदवार विना नेपाली अधिकारी थरका व्राम्हणकी छोरी हुन् । उनले १० वर्ष अघि छिमेकी विष्णु नेपाली संग अन्तरजातिय विवाह गरेकी थिइन् ।
उनी सुरु देखि नै माओवादी कार्यकर्ता भए पनि उनका श्रीमान विष्णु नेपाली कट्टर कांग्रेस हुन् ।
राजनैतिक आस्था फरक परे पनि आफुहरुको दाम्पत्य जीवनमा कत्ति फरक नपरेको ति दम्पत्तीले बताए ।
‘१० वर्ष भयो विहे भएको तर एक चोटी पनि माईतीमा पाईला टेक्न पाएकी छैन र बाटोमा भेट्दा समेत बुवाले टाउको फर्काएर हिड्नु हुन्छ ’ –विनाले थपिन–‘ वुवा आमा नवोले पनि मेरो वोल्ने र बाँच्ने साहरा मैरै श्रीमान विष्णु हुनुहुन्छ , मैले अव माईतीको माया विर्सी सकें , मेरा श्रीमानले विर्साई दिई सक्नु भयो । ’
उनीहरुका तिन सन्तान छन् । आर्थिक रुपले भने उनीहरुको अवस्था दयानिय रहेको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको