सडक विभाग र ट्राफिक प्रहरीको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा ६ सय जेब्राक्रस राखिने भएको छ । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलको समन्वयमा बनेको उपत्यकाको पूर्वाधार एवं यातायात व्यवस्था सुधार समितिले जेब्राक्रस राख्ने सडकको पहिचान गरेपछि उक्त प्रक्रिया अगाडि बढाउन लागिएको खबर छ ।
हाल काठमाडौंमा तीन सयवटा जेब्राक्रस छन् । सडकको पूर्वाधारविनै सडक प्रयोगकर्तालाई जरिवाना तोक्ने कार्य राम्रो नभएको र जेब्राक्रस थप गरे दुर्घटना न्यूनीकरणमा समेत ठोस पहल गर्ने बुझाइ समितिको छ । गत आइतबार मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा बसेको समितिको बैठकमा शाक्यले ‘कामको परिणाम तत्काल देखिनुपर्यो ।
समिति गठन भएदेखि अहिलेसम्म के–कति सुधार भए ? ’ भनेर कड्किएपछि पौडेलले समितिका कार्य प्रगतिबारे विस्तारमा उल्लेख गर्नुभएको थियो । पौडेलले १५ दिनभित्र राजधानीवासीलाई सुधारको महसुस हुने खालको कामको तयारी भइरहेको जानकारी बैठकमा गराउनुभएको थियो ।
वर्षातमा ढलबाट बाहिर निस्किएको माटो सफा गर्ने, कालोपत्रे गरेको केही दिनमै सडक भत्किनेजस्ता समस्या समाधान गर्न समितिमा भएका कार्यालयले समन्वयमा काम गर्ने सहमति भएको जवाफ पौडेलले दिनुभएको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको