टीकापुरमा किन हार्‍यो फोरम ?

tikapur_jit_Pz0Ln5Sbdzअसार २१, धनगढी – फोरम लोकतान्त्रिकले कैलालीको टीकापुर क्षेत्र गुमाएको छ। मंगलबार सार्वजनिक परिणामअनुसार टीकापुर नगरपालिकामा गणना सुरु भएदेखि तेस्रो नम्बरमा रहेका एमालेका तपेन्द्र रावलले मेयरमा बाजी मार्नुभएको छ। माओवादी केन्द्रका ललित थापालाई ३४९ मतले पछि पार्दै रावलले मेयरमा जित्नुभएको हो। रावलले ५९५९ मत ल्याउनुभयो भने थापाले ५६१० मत ।

उपमेयरमा कांग्रेसकी केशरी विष्ट ६२२६ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका आशाकुमारी चौधरीले ५५५३ मत ल्याउनुभयो। तीन दिनसम्म फोरम लोकतान्त्रिकका लौटन चौधरी अग्रस्थानमा रहेकाले टीकापुरमा फोरमले जित्ने अनुमान गरिएको थियो। फोरम उम्मेदवार लौटनले ५४८१ मत ल्याउनुभयो भने उपमेयरमा फोरमकै सुदेशनी चौधरीले ५११८ मत ल्याउनुभयो ।

०७० सालको निर्वाचनमा कैलाली–१ बाट लोकतान्त्रिक फोरमका जनक चौधरी विजयी हुनुभएको थियो। त्यतिबेला क्षेत्र नम्बर १ मा साविकको टीकापुर नगरपालिका, धनसिंहपुर, नारायणपुर, दुर्गौली, पथरैया र मुनुवा गाविस थिए। स्थानीय तहको पुनःसंरचनासँगै टीकापुरमा धनसिंहपुर र नारायणपुर गाविस गाभिए भने दुर्गौली, पथरैया र मुनुवामा जानकीनगर गाविस गाभेर जानकी गाउँपालिका बनाइयो।

फोरमले हार्नुमा टीकापुरमा नारायणपुर र धनसिंहपुर जोडिनु पनि रहेको पार्टी निकटस्थ बताउँछन्। फोरमबाट मेयरमा उम्मेदवार बन्नुभएका लौटन चौधरी थारू समुदायभित्र लोकप्रिय नेता मानिनुहुन्छ। ‘हामीले, गाउँ–गाउँसम्म गएर समय दिन सकेनौं, हारको मुख्य कारण त्यही हो’, लौटनले पराजयपछि भन्नुभयो।

टीकापुरको वडा नम्बर ३ मा फोरमबाट वडाध्यक्ष जितेका रामसेवक चौधरी पनि आफूहरूले गाउँगाउँमा गएर समय दिन नसकेकाले मेयरमा हार्नुपरेको बताउनुहुन्छ।

पत्रकार एकिन्द्र तिमिल्सिना भने टीकापुर नगरपालिकामा फोरमको संगठन बलियो नभएको तर्क गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘टीकापुर एमालेको बलियो संगठन भएको क्षेत्र हो, ०७० सालको संविधानसभा निर्वाचनमा फोरम जित्नुमा थारू ‘सेन्टिमेन्ट’ थियो। थारूले थारूलाई किन नजिताउने भन्ने लहर चल्यो र जनक चौधरीले जित्नुभयो।’

०५१ सालको मध्यावधि निर्वाचनमा टीकापुर क्षेत्रबाट एमालेका हिमाञ्चलराज भट्टराई, ०५४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै रत्नप्रसाद सञ्ज्यालले मेयर जित्नुभएको थियो। ०५६ सालमा त्यो क्षेत्र कांग्रेसले जितेको थियो भने ०६४ सालमा माओवादीकी रुपासोसी चौधरीले जित्नुभएको थियो।

टीकापुरको चुनावमा यसपालि सद्भावको नमुना पनि देखियो। लौटन चौधरी आफू पराजित भए पनि विजयी मेयर र उपमेयरलाई फूलमाला लगाएर बधाई दिनुभएको छ। ‘मैले दुवैजनालाई फूलमाला लगाइदिएर बधाई दिएँ’, लौटनले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको