अहिले इन्टरनेटमा चर्चित हुने सबैभन्दा राम्रो काइदा भनेको अनौठो तथा अरुले नगरेको काम गर्नु हो । मानिसहरुले यस्तै अजिब हरकत गरिरहेको पाइन्छ इन्टरनेटको दुनियामा ।
कसैले अनौठो तरिकाले गीत गाउँछन् त कतिले खतरनाक स्टन्ट गर्दछन् । इन्टरनेटमा भिडियो भाइरल बनाउनु भनेको कमाई गर्ने स्मार्ट तरिका पनि भएको हुँदा मानिसहरु यस्तो गरिरहेछन् ।
यही मेलोमा युट्युबमा पछिल्लो समय एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा चीनका एकजना मानिसले केवल १७ सेकेण्डको समयमा ५० वडा अण्डा खाएका छन् ।
३४ सेकेण्डको उक्त भिडियोमा एक पुरुष ५ वटा मग लिएर बसिरहेका छन् । ती मगमा अण्डा फुटाएर भित्रको भाग राखिएको हुन्छ । ५ वटा मगमा १० वटाको दरले ५० वटा अण्डा राखिएको छ । ती पाँच वटा मगमा भरिएका अण्डालाई ती व्यक्तिले केवल १७ सेकेण्डमा सिनित्तै पिइदिन्छन् ।
हेर्नुहोस् भिडियो
उनले पहिलो मगबाट अण्डा पिइरहेको बेलामा दोश्रो मग उठाइसकेका हुन्छन् । पहिलो भुइँमा राख्ने बित्तिकै दोश्रो मुखमा लगाइहाल्छन् र तेश्रोमा हात पुराइसक्छन् । एवम् प्रकारले उनले १७ सेकेण्ड भित्र पाँच मग अण्डा बुत्याउँछन् ।
UNILAD नामको फेसबुक पेजमा समेत अपलोड गरिएको उक्त भिडियो फेसबुकमा समेत भाइरल बन्यो । भिडियोमा लाखौँ मानिसहरुले प्रतिक्रिया जनाएका छन् र प्रतिक्रियाहरु समेत रोचक देखिन्छन् ।
मानिसहरुले यतिधेरै अण्डा रित्याउने ती पुरुषको कार्यप्रति चिन्ता व्यक्त गर्दै त्यसले उनलाई फूड प्वाइजनिङ हुनसक्नेमा चिन्ता व्यक्त गरेका छन् । कतिपयले चाहीँ यतिधेरै अण्डा खाएपछि अब क्यालोरी बर्न गर्नका लागि हजारौँ किलोमिटर दौडनुपर्ने सुझाव दिएका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको