गृहमन्त्री : अध्यागमनमा गलत गर्नेहरु कारबाही भोग्न तयार हुनुस् !

Janardan-Sharma-Pravakar-2

१९ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अध्यागमन विभागमा गलत काम हुने गरेको सूचना आफू कहाँ आएको भन्दै योजनाबद्ध रुपमा गलत काम भएमा क्षमा नदिइने बताएका छन् ।

सोमबार अध्यागमन विभागको ‘नेपाल इमिग्रेसन’ नामक मोबाइल एप सार्वजनिक गर्दै मन्त्री शर्माले भने, ‘म कहाँ आइपुगेका सूचना गलत पनि हुनसक्छ सही सूचना हुन् भने गलत गर्नेहरु कारबाही भोग्न तयार भएर बस्नुहोला ।’

 

उनले भने, ‘यदि योजनाबद्ध रुपमा जनता र राष्ट्रलाई घाटा हुने काम गर्नेहरुका लागि भने खराब भन्दा खराब मान्छे हुनेछु । यो कुनै चेतावनी हैन बुझन् सजिलो होस् भनेर भनेको हुँ ।’

अध्यागमनमा हुने गरेको गलत कामको सूचना आफूलाई आइरहेको भन्दै उनले त्यसको छानबिन गरी आवश्यक निर्णय लिइने बताए । योजनाबद्ध तरिकाले गलत काम गर्ने र देशको बदनाम गर्नेहरुलाई कुनै पनि शर्तमा क्षमा नदिइने उनको भनाइ छ ।

‘मेरो एउटा कुरा तपाईंलाई भन्न चाहन्छु, राष्ट्रप्रति हामी सबै इमान्दार हुनुपर्छ । इमान्दारीतापूर्वक काम गर्दा केही गल्ती हुन पुगे त्यो क्षम्य हुन्छ तर स्वार्थमा लागेर राष्ट्रलाई धोका दिने काम कसैले गर्छ भने त्यो क्षम्य हुँदैन ।’

मन्त्री शर्माले सेवाग्राहीमैत्री बन्न र तत्काल सुधारका काम थाल्न कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारीहरुलाई साथीको रुपमा व्यवहार गर्न चाहेको भन्दै उनले भने, ‘मन्त्रीको रुपमा ज्यादा औपचारिकता चाहन्नँ । मन्त्री कुनै विशेष पद होइन, तपाईंहरुको साथी हुँ, साथीको रुपमा ब्यवहार गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको