रामपुर नगरपालिकामा काँग्रेस विजयी

nepali-congress-tree_evnxojfyzm_O96HCCQoMV

१८ असार , रामपुर (पाल्पा)– पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमणबहादुर थापा विजयी भएको छ ।  थापाले आठ हजार ८८५ मत प्राप्त गरेको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठले सात हजार ६७६ मत प्राप्त गरे ।

त्यस्तै, काँग्रेसकै विष्णुदेवी घिमिरे आचार्यले आठ हजार ५२८ मत प्राप्त गरी उपप्रमुखमा विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गादेवी रानाले सात हजार ९२४ मत प्राप्त गरेको हो । 

रामपुर नगरपालिकामा १० वटा वडा मध्ये छ वटा वडामा नेपाली काँग्रेस र चार वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ । बाइस हजार १०९ मतदाता मध्ये १७ हजार २३३ मत खसेको थियो । 

वडा नं. २, ४, ५, ६, ७ र ८ मा काँग्रेस विजयी 

वडा नं २ का वडाध्यक्षमा काँग्रेसका ताराबहादुर थापाले ५६८ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पदमबहादुर कुमालले ३२७ मत प्राप्त गरे । 

वडा नं ४ को वडाध्यक्षमा काँग्रेसका एकबहादुर नेपालीले ९८५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लुकबहादुर वीरकट्टाले ८०७ मत ल्याउनुुभयो । 

त्यस्तै वडा नं ५ का वडाध्यक्षमा काँग्रेसका हिमाल मल्लले एक हजार ४६७ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका फणेश्वर गौतमले ८०१ मत प्राप्त गर्नुभयो । 

वडा नं ६ का वडाध्यक्षमा काँग्रेसका हुमनाथ न्यौपाने एक हजार ८० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सागरप्रसाद देवकोटाले ६४५ मत प्राप्त गर्नुभयो । 

यसैगरी वडा नं ७ का वडाध्यक्षमा काँग्रेसकै तीर्थप्रसाद पङ्गेनीले ७९५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुकदेव पोखरेलले ७४० मत प्राप्त गर्नुभयो । 

वडा नं ८ का वडाध्यक्षमा काँग्रेसका बोमबहादुर नामजालीले ९०३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेशकुमार आचार्यले ८५८ मत प्राप्त गर्नुभयो । 

वडा नं। १, ३, ९ र १० मा एमाले विजयी 

यसैगरी वडा नं १ को वडाध्यक्षमा नेकपा ९एमाले०का मित्रलाल कँडेलले ७८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कपिलबहादुर खाँणले ६२६ मत प्राप्त गर्नुभयो । 

वडा नं ३ को वडाध्यक्षमा एमालेका दिनेशकुमार खनालले एक हजार ९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उमानाथ अर्यालले ७७१ मत प्राप्त गर्नुभयो । 

त्यस्तै वडा नं ९ को वडाध्यक्षमा एमालेका इच्छाराम सिंजाली ६६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर गाहाले ५७१ मत प्राप्त गर्नुभयो । 

वडा नं १० को वडाध्यक्षमा एमालेकै लिलाबहादुर गाहाले एक हजार २१३ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका एकराज पाठकले ८४३ मत प्राप्त गर्नुभयो । 

रामपुर नगरपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । त्यस्तै वडा नं १० मा पनि जनमोर्चासँग एमालेले चुनावी तालमेल गरेको थिए । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको