कुन स्थानीय तहमा कसले जिते ? (सूचीसहित)

leading-party

१६ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार अपराह्नसम्म २७ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता लिएको छ ।

एमालेले एक नगरपालिकासहित १२ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ९ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले ५ स्थानीय तहमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको १ स्थानीय तहमा जितको खाता खोलेको छ ।

 

अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा राम्रोसँगै देखिएको छ । अहिलेसम्म सबैभन्दा धेरै ७ नम्बर प्रदेशको परिणाम आएको छ । ७ नम्बर प्रदेशका ११ स्थानीय तहको परिणाम आउँदा एमालेले ९ तह जितेको छ भने कांग्रेसले ५ तह जितेको छ ।

त्यस्तै, प्रदेश नम्बर ५ मा अहिलेसम्म ६ वटा स्थानीय तहकाे परिणाम अाएकाे छ । जसमध्ये गुल्मीको गुल्मी दरबार गाउँपालिकामा कांग्रेसले जितेको छ भने रूकुमकाे पुथा उत्तरगंगा गाउँपालिका र भुमे गाउँपालिका तथा दाङको  बंगलाचुली गाउँपालिकामा माअोवादी केन्द्र विजयी भएकाे छ । नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा एमालेले र प्यूठानको मल्लरानी गाउँपालिकामा राजमोले जितेकाे छ ।

प्रदेश नम्बर १ बाट चार स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले र माओवादीले जित बराबरी बाँडेका छन् ।

एमालेले जितेका स्थानीय तह

१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. वित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११. लेकम गाउँपालिका, दार्चुला
१२. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी

कांग्रेसले जितेका स्थानीय तह

१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सुलिचुङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
८. अालिताल गाउँपालिका, डडेल्धुरा
९. भागेश्वर गाउँपालिका, डडेल्धुरा

माओवादीले जितेका स्थानीय तह

१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४. बंगलाचुली गाउँपालिका, दाङ
५. भूमे गाउँपालिका, रूकुम

राष्ट्रिय जनमाेर्चाले जितेको स्थानीय तह

१. मल्लरानी गाउँपालिका, प्यूठान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने