काँकडभिट्टा (झापा), १२ असार । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेका अनुसार भद्रपुरनगरपालिका–६ एसपी मोडस्थित मेची इस्टमोड रङ्गशालाको दुईवटा निर्वाचन केन्द्रमा राष्ट्रिय वाणिज्य बंैक, भद्रपुर शाखाकी प्रमुख शान्ता बराल र महिला तथा बालबालिका कार्यालयकी अधिकृत समीक्षा निरौलाको नेतृत्वमा महिला कर्मचारी खटाइएको हो ।
जिल्लामै नमुना मतदान केन्द्र बनाई शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गराउनका लागि महिला कर्मचारी खटाइएको उहाँले बताउनुभयो । दुवै जनाको नेतृत्वमा छ/छजना महिला कर्मचारी खटाइएको छ ।
“जिल्ला प्रहरी कार्यालयसँग सो निर्वाचन केन्द्रमा सम्पूर्ण सुरक्षाकर्मी पनि महिलालाई नै खटाइदिन अनुरोध गरेको छु,” उनले भनिन् ।
प्रहरी उपरिक्षक शैलेन्द्र थापाले जिल्लामा महिला सुरक्षाकर्मी र महिला म्यादी प्रहरीको सङ्ख्या कम भएका कारण महिला सुरक्षाकर्मीमात्रै उपलब्ध गराउन नसकिने बताए । जिल्लामा पाँच लाख १० हजार ८०० मतदाता रहेका छन् । जिल्लामा १५ वटा स्थानीय तहमा २८३ मतदानस्थल तथा ६३७ मतदान केन्द्र रहेका छन् । रासस
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको