ओली : स्यालको बथान जतिसुकै धेरै भएपनि हात्तीसँग प्रतिस्पर्धा गर्न सक्दैन

असार १०, मोरङ–एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै धेरै पार्टीसँग मोर्चा बनाए पनि नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गरेका छन ।
 देशको बिकाश र स्वाभिमान रोक्न कांग्रेसले अस्तित्व रक्षामा पुगिसकेका पार्टीहरुसँग मोर्चावन्दी गरेको भन्दै ओलीले कसै गरेपनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने दाबी गरे । 

ओलीले कांग्रेसले बनाएको गठबन्धनलाई हात्तिबिरुद्ध स्यालहरुको बथानको संज्ञा दिए । ‘तपाईहरुलाई थाहै छ, कांग्रेस र माओवादी केन्द्र एमालेबिरुद्ध मोर्चा कसेर आएका छन, तर एमालेसँग प्रतिस्पर्धा गर्न भने संभव छैन । अव जत्तिसुकै स्यालहरुको बथान भएपनि हात्तिको सिकार गर्न सक्दैन, सिकार त के, हात्तिको छेउमा आउन पनि सक्दैन, पर–परबाट कराउने मात्रै हो,’ शनिवार आयोजित उर्लाबारी नगरपालिकाको चुनावी सभामा बोल्दै ओलीले भने । उनले देशको बिकास र संमृद्धिका लागि एमाले भन्दा अर्काे बिकल्प नभएकोमा कुनै भ्रम नपाल्नसमेत अपिल गरे ।

पछिल्लो समय नेपाली कांग्रेसका मुल नेतृत्वलाई राष्ट्रियता र संमृद्धिको कुरा रिस उठने गरेको भन्दै ओलीले कोही रिसाउँछ भनेर देश र जनताको हितको रक्षार्थ पछि हटन नसकिने उदघोष गरे । उनले देश बनाउने कुरा गर्दा आफूविरुद्ध गलत टिप्पणी गर्ने कांग्रेस र माओवादी अनि सांसद र मन्त्री बन्नका लागि पार्टी खोलेका केही मधेसी नेताको अफवाहको पछि लागे मुलुक बर्वाद हुने तथ्यसमेत राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने