९ असार, उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा राप्रपाले नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्षमा रहेको र आफूहरुले राज्यको नीति पनि यही होस् भन्ने चाहेको बताएका छन् ।
बिहीबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा राप्रपा त्रियुगा नगरपालिका गाईघाटको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले भने, ‘राप्रपाले वर्तमान अवस्थामा सङ्घीय गणतन्त्र नेपालभित्र लोककल्याणकारी राज्य व्यवस्था चाहेको र आफ्नो पार्टीले अहिले सो नीति लिएर अगाडि बढिरहेको छ ।’
आफ्नो पार्टी स्थानीय तहको चुनावमा विजय भए स्थानीय तहमा पहिला वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भक्तामा वृद्धि, निःशुल्क उपचार, बेरोजगारी युवाका लागि बेरोजगारी भत्ता र कक्षा १२ सम्म सबै जातजातिका विद्यार्थीका लागि निःशुल्क प्राविधिक शिक्षा र अन्य शिक्षाको ग्यारेन्टीसहित व्यवस्था गर्ने प्रतिबद्धता अध्यक्ष थापाको रहेको थियो ।
उनले यस्तै हिन्दू धर्मलाई सनातन धर्मको मान्यता दिएर अन्य धर्मप्रति सर्वधर्मको नीति लिँदै प्रत्येक नगर र गाउँपालिकामा हिन्दूको मन्दिर, बौद्धधर्मको गुम्बा, इस्लामको मस्जिद र क्रिश्चियनको चर्चको समेत निर्माण गरेर सबै धर्मको संरक्षणमा समेत जोड दिने नीति आफ्नो पार्टीको रहेको बताए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न