प्रधानमन्त्री देउवा भोलि गृहजिल्ला जाने

Sher-Bahadur-Deuba८ असार,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवार ७ नम्बर प्रदेशतर्फ जाने भएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धनगढी लगायत कैलालीका केही चुनावी कार्यक्रममा सहभागिता जनाएर गृहजिल्ला डडेलधुरामा समय दिने भएका छन् ।

 

टिकट वितरणलाई लिएर कैलाली र डडेलधुरामा अशन्तुष्टि छ । देउवाले २०७० सालमा चुनाव जितेको निर्वाचन क्षेत्र रहेको धनगढी उपमहानगरपालिकामै कांग्रेस कमजोर देखिएको छ ।

त्यस्तै गृहजिल्ला डडेलधुरामा पनि कांग्रेसमा असन्तुष्टि छ । देउवा शुक्रबार गएपछि चुनावमा भोट हालेर मात्र काठमाडौं फर्किने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

७ नम्बर प्रदेशका बिभिन्न चुनावी कार्यक्रममा सहभागी हुने देउवा महेन्द्र नगरमा पनि जानेछन् । उनले ७ नबर प्रदेशका अन्य जिल्लामा पनि सकेसम्म समय दिनेछन् ।

देउवा डडेलधुराको गन्यापधुरा गाउँपालिकाका मतदाता हुन् । उनले वडा नम्बर १ असिग्रामबाट मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको