राजपा नेता प्रहरी नियन्त्रणमा

 

धनगढी, ४ असार । उम्मेदवारी मनोनयनमा बाधा अवरोध पुर्‍याउन बाटोमा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहमा भने शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ताको काम भइरहेको छ । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज कैलाली जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहपूर्वक उम्मेदवारी दर्ताको काम भइरहेको छ ।

दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारले छुट्टाछुट्टै रुपमा बाजागाजा, झाँकी, नाचगानसहितका जुलुस गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आआफ्नो उम्मेदवारी मनोनयन गरिरहेका छन् । जिल्लामा एक उपमहानगरपालिका धनगढी तथा छ छ नगरपालिका र गाउँपालिका छन् । ती स्थानीय तहमा चार लाख तीन हजार २८० मतदाता छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको