३ असार, बिराटनगर। विराटनगर महानगरपालिकामा नेकपा एमाले र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्तिकवीच चुनावी तालमेल भएको छ ।
एमाले र फोरम लोकतान्तिकबीच भएको छलफलबाट महानगरमा तालमेल गरेर जाने सहमति भएको एमाले सचिव तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्यले जानकारी दिए ।सहमतिअनुसार फोरम लोकतान्त्रिकले मेयरमा एमालेका उम्मेदवार विनोद ढकाललाई सघाउने छ भने एमालेले उपमेयरमा लोकतान्त्रिक फोरमका उम्मेदवारलाई सघाउने छ ।फोरम लोकतान्त्रिकले उपमेयरको उम्मेदवार टुङग्याइसकेको छैन ।