नवलपरासीको एकमात्र विद्युत् उत्पादन गृहमा तालाबन्दी

Nepal-banda-strike-by-biplav-2015-6३१ जेठ, नवलपरासी । विद्युत् आपूर्ति ठप्प भएको विरोधमा स्थानीयले नवलपरासीको एकमात्र विद्युत् उत्पादन गृहमा तालाबन्दी गरेका छन् ।

जिल्लाको गुठीसूर्यपूरास्थित गण्डक जल विद्युत् केन्द्रमा मङ्गलबार स्थानीयद्वारा कार्यालय घेराउ गरी विद्युत् महसुल कक्षमा तालाबन्दी गरेका हुन् ।

प्रतापपुर गाउँपालिका–८ पिपरपातीमा करिब १५ दिनदेखि ट्रान्सफर्मर जलेर विद्युत् आपूर्तिमा समस्या आएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । विद्युत् आपूर्ति पूर्णरुपमा ठप्प हुँदा विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको स्थानीयको गुनासो छ ।

गाउँमा १०० केबीको ट्रान्सफर्मर जडान गर्नका लागि करिब छ महिना अगाडि नै नेपाल विधुत प्राधिकरणमा उजुरी गरेको भए पनि हालसम्म बेवास्ता गरेको हुँदा बाध्य भएर ताला लगानुपरेको स्थानीयले बताएका छन् ।

विद्युत् सञ्चालन गर्नका लागि प्राधिकरणले त्यस ठाउँमा ५० केबीको ट्रान्सफर्मर जडान गरिएको थियो ।

बिग्रीएको ट्रान्सफर्मर मर्मतका लागि स्थानीयले दवाव स्वरुप तालावन्दी गरेको स्वीकार गर्दै बिद्युत् उत्पादन गृहका प्रमुख सुरेश रावतले भने – “उक्त ट्रान्सफर्मर मर्मतको काम अघि बढाईएको र केहि दिनमै मर्मत भएर त्यहाँ विधुत सुचारु हुनेछ ।” .रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न