‘एमालेसँग लड्ने क्षमता छ, कांग्रेससँग लड्न सकिन्न’

Prakash-Man-Singh२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रका नेता कार्यकर्ताको मूल्यांकन गर्न अनिवार्य भइसकेको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा नेता सिंहले कांग्रेसमा सबैले सबैलाई चिन्नु पर्ने समय आएको बताए ।

काठमाडौं महानगरपालिकासहित देशका १० वटा नगरपालिकामा कांग्रेसका उम्मेदवार पराजित हुनुको कारण खोज्नु पर्ने उनको भनाई थियो । नेता सिंहले पार्टीभित्रको अन्तरघातका कारण कांग्रेसका उम्मेदवारहरूले अधिकांस स्थानमा पराजय भोग्नु परेको बताए ।

‘पार्टीभित्रका साथीहरूलाई चिन्नु पर्यो अब । हाम्रै मूल्यांकन गर्नुपर्छ । सही के हो ? सत्य के हो ?, उनले भने, ‘कांग्रेसभित्र सत्ताको राजनीतिका लागि बढी केन्द्रित भएको देखियो, मूल्य र मान्यताभन्दा पनि सत्ताको राजनीतिमा केन्द्रित हुन थाल्यो । त्यसले संगठनमा ह्रास हुँदै गइरहेको छ ।’

उनले यस्ता बिकृतिलाई पार्टीभित्र कसरी निमिट्यन्न पार्ने भनेर चिन्ताको विषय बनेको बताए । ‘प्रतिपक्षी एमालेसँग लड्ने क्षमता हामीसँग छ, कांग्रेस नेता सिंहले भने, ‘पार्टीभित्र लड्न सकिँदैन । गाह्रो भइसक्यो ।

निर्वाचनका बेला रुखमा भोट नहाल्ने कांग्रेसी पनि रहेको बताउँदै उनले भने, ‘३६५ दिनमा कांग्रेस हुने । तर, भोट हाल्ने बेला अरु निर्वाचन चिन्हामा भोट हालेको देखियो ।’

कांग्रेसभित्र राम्रलाईभन्दा हाम्रालाई प्राथमिकता दिइएको भन्दै उनले घरपरिवारकालाई अवसर दिने परम्पराको अन्त्य हुनै पर्ने बताए । ‘संघर्ष गर्दा अरुले गरिदिओस् भन्ने, अवसर लिँदा मैले मात्रै लिनुपर्छ भन्छन् यो परम्परा अन्त्य भएन भने त्यसले कांग्रेसलाई नोक्सान गर्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्