अब चुनाव कुनै हालतमा सर्दैनः यादव

ayodhi-prasad-yagav२९ जेठ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अब निर्वाचनको मिति कुनै हालतमा नसर्ने बताएका छन् ।

विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै यादवले २ नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन हुनसक्ने विषय उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको भनाई आफूलाई थाहा नभएको बताए । गच्छदारले हिजो बिराटनगरमै २ नम्बर प्रदेशको मात्र चुनाव सार्न सकिने बताएका थिए ।

‘अब तेस्रो चरण भन्ने कुरा कुनै हालतमा हुँदैन,’ यादवले भने, ‘मिति सार्ने कुरा कसैगरी संभव छैन ।’ मनलाग्दी निर्वाचनको मिति सारे लोकतान्त्रिक प्रणालीलाई असर गर्ने यादवको भनाई थियो ।

मधेशमा आम हड्तालबारे आफूले पनि संचारमाध्यमबाट थाहा पाएको भन्दै यादवले २०७० सालको संविधान सभा निर्वाचन पनि हड्तालकै बीच सफल भएको भन्दै यो चुनाव पनि सफल हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको