२३ जेठ , काठमाडौ : काँग्रेस सभापति शेरबहादुर देउवाले आफनो नेतृत्वमा बन्ने सरकारका प्राथमिकता निर्धारण गर्नु भएको छ । संसदमा आफनो उम्मेदवारीका सूचना दर्ता गराउने क्रममा देउवाले प्राथमिकता निर्धारण गर्नु भएको हो ।
स्थानीय तह,प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने,मधेशी जनताको भावना सम्बोधन हुने गरी संविधान संशोधन गर्ने,आर्थिक सुधारमा ध्यान केन्द्रित गर्ने र पूर्वाधारको विकासमा ध्यान दिने आफनो नेतृत्वको सरकारको प्राथमिकता रहने उहाँले बताउनुभयो ।
आफूलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति आफनो सम्मान बढेको बताउँदै देउवाले भन्नुभयो ‘प्रचण्ड म्यान अफ द कमिटमेन्ट बन्नु भएको छ ।’ नेपालमा शान्ति स्थापना गराउन भूमिका निर्वाह गर्ने स्वर्गीय गिरिजाप्रसाद कोइराला र प्रचण्डलाई देउवाले धन्यवाद दिनुभयो । शान्ति, राजनीतिक स्थिरता भए विदेशी पुँजी ल्याउन कठिन नभएको पनि देउवाले बताउनुभयो । बिश्व बैक,एशियाली विकास बैंक
भारत नेपालको सम्बन्ध सुधार गरी लगानी भित्रयाएर देशको विकास गर्न सकिने पनि देउवाले बताउनुभयो ।
भारत र चीनसँग सम्बन्ध उल्लेख गर्दै देउवाले भन्नुभयो‘नेपाली भूमि भारत र चीनको विपक्षमा उपयोग हुने दिनु हुँदैन । दुई छिमेकीसँग सुमधुर सम्बन्ध राख्न सके देश समृद्ध हुन्छ ।’
देउवाले भन्नुभयो ‘धेरै बोल्न चाहन्न,काम गर्न चाहन्छु ।’
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको