२३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरमा मतपत्र च्यात्ने कामलाई भारत र श्रीलंकाबीच १९९६ मा भारतको कोलकातामा भएको विश्वकप क्रिकेटको सेमिफाइनलसँग तुलना गरे ।
उनले राम्रो उदाहरण पेश गर्न खोजेका थिए तर उनी तथ्यमै चिप्लिए । उनले के बोले र उक्त खेलको वास्तविकता के थियो, यहाँ हेर्न सकिन्छ । भारत र श्रीलंकाको क्रिकेटको उदाहरणमा यसरी चिप्लिए ओली
वास्ताविकतामा यसरी चिप्लिएका ओलिले संसदमा अर्को पनि ठूलो झुट बोलेको पुष्टि भएको छ । प्रधानन्यायाधीश शुसीला कार्की विरुद्ध सरकारमा रहेका दलहरुबाटै अनिवार्य अवकास लिनुभन्दा एक महिना अघि नै महाअभियोग लगाएको भनेर आक्रोशित भएका ओलीले अवकास लिनुभन्दा एकदिन अघि प्रधानन्यायाधीश कार्कीको पेन्सन पट्टा रोक्ने काम अर्थमन्त्रालयले गरेको भन्दै आक्रोस पोखे ।
ओलिले कार्कीको पेन्सन पट्टा बनाउने काम अर्थमन्त्रलयले रोकेको भनेर आक्रोस पोख्दै लामो समय खर्चे । तर पहिलो कुरा त पेन्सन पट्टा बनाउने जिम्मेवार निकाय अर्थमन्त्रालय थिएन भने दोस्रो कुरा अवकास पाउनु अघि नै आजै उनको पेन्सन पट्टा बनिसकेको छ ।
ओलिले पटक पटक संसदमै रहेका अर्थमन्त्री कृष्णबहादुर महरालाई त्यसरी पेन्सन पट्टा रोक्नुको कारण सोधे । त्यसको जवाफ भावि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले दिने प्रयास त गरेका थिए तर प्रयाप्त थिएन ।
देउवाले एमालेले संसद अवरोध गरेका कारण समयमा महाभियोग प्रस्ताव फिर्ता हुन नसक्दा प्रधानन्यायाधीश सुशीला कार्कीको पेन्सनपट्टा बन्न अवरोध भएको बताए । तर त्यो पनि मिलेन ।
अर्थमन्त्रालयले यो विषय आफूहरुसँग सम्बन्धित नै नभएको स्पष्ट पारेको छ । अर्थमन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले पेन्सन पट्टा बनाउने काम अर्थमन्त्रालयको नभएको बताए ।
निजामती कर्मचारीको पेन्सन पट्टा बनाउने काम निजामति किताव खानाको हो । निजामति किताव खानाका महानिर्देश केशवप्रसाद आचार्यले पेन्सन पट्टा बनिसकेको पुष्टि गरे । नेपाली हेडलाइन्ससँग महानिर्देशक आचार्यले भने, ‘मैले मेरै हातले हस्ताक्षर गरेको हुँ । प्रधानन्यायाधीश ज्यूका पेन्सन पट्टा बनिसकेको छ ।’
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको