June 6, 2017

ओलीले काँग्रेसमाथि लगाए यस्तो आरोप

kp-oli-3-339x177काठमाडौ जेठ २३–एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले आफ्नो दललाई मधेश विरोधी देखाएकोमा आक्रोसित भएका छन् ।
आज संसदमा आफ्नो मन्तव्य राख्ने क्रममा उनले आफ्नो पार्टी पार्टी मधेश विरोधी होइन बरु काँग्रेस पार्टी मधेश विरोध रहेको तथ्य पनि प्रस्तुत गरे ।

उनले विगतमा विभिन्न आरोप लगाएर मधेशी नेताहरु काँग्रेस छाडेको फेहरिस्त सुनाए भने मधेशी मोर्चासँग काँग्रेसले मात्र सहमति सम्झौता गरेको कारण मधेशी माग पूरा नहुनुमा काँग्रेस नै दोषी रहेको आफ्नो दललाई मधेशी विरोधी देखाएको प्रति टिप्पणी गरे ।

बेदानन्द झाले काँग्रेसमा असमानता, विभेद र रंगभेद रहेको भन्दै पार्टी छाडेर २००८ सालमा तराई काँग्रेस गठन गरेको ओलीले संसदमा कुरा राखेका थिए । त्यस्तै रघुनाथ ठाकुरले पनि बेदानन्द झा जस्तै आरोपहरु लगाएर पार्टी छाडे र २०१५ सालमा मधेशी क्रान्ति दल खोलेको उनले धारणा राखेका थिए ।
त्यति मात्रै होइन, गजेन्द्रनारायण सिह पनि काँग्रेस पार्टी छाडेर २०४६ मा नेपाल सद्भावना पार्टी गठन गरेको कुरा पनि कुरा उनले राखेका थिए । उनले काँग्रेस छाडेर हिडेको महन्थ ठाकुर, जयप्रकाश गुप्ता, अमर यादवलगायत नेता पनि काँग्रेसमाथि विभिन्न आरोप लगाएर आआफ्नो छुट्टै सगठन बनाएको तर एमालेलाई सुनियोजित ढंगबा मधेश विरोध देखाउन खोजेको टिप्पणी गरे ।

उनले हालसम्म मधेशवादी दल होस् वा विगतमा शेरबहादुर देउवाले ज्ञानेन्द्रसँग गरको सम्झौताको फेहरिस्त सुनाउँदै आफ्नो दल मधेश विरोधी नरहेको भनि बचाउ गरेका थिए ।

मधेशी मोर्चाले एमालेले सहमति कार्यान्वयन गरेन आरोप लगाउँछन् तर एमालेसँग त्यस्तो कुनै पनि सहमति नभएको दावी गर्दै ओलीले २०६४ भदौ १३ गते रामचन्द्र पौडेलले २२ बुँदे सम्झौता उपेन्द्र यादव, र २०६४ फागुन १६ गते स्वं गिरीजा प्रसाद कोइरालाले ८ बुँदे सम्झौता उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोसँग सम्झौता गर्यो तर एमालेले सहमति कार्यान्वयन नगरेको आरोप आफूमाथि लगाउने गरेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको