June 6, 2017

विदेशी ‘एप’ ट्रुकलरका कारण फस्यो सरकारी मिडिया !

जेठ २३, काठमाडौं ।  नेपाल टेलिकमले ‘सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता नभई सम्बन्धित सरकारी निकायकै नाममा दर्ता रहेको’ स्पष्ट गरेको छ ।

गोरखापत्र दैनिकको सोमबारको अङ्कमा प्रकाशित ‘सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता’ समाचारका सम्बन्धमा टेलिकमले ‘समाचारमा उल्लेख भएका नम्बर आफ्नो डेटाबेसमा भने जसको नाम (कार्यालय वा व्याक्ति) मा दर्ता छन् उसैका नाममा रहेको, त्यसमा तलमाथि केही पनि नभएको जानकारी दिएको छ ।

ट्रुकलर जस्ता एप जुन मोबाइलमा डाउनलोड गरिन्छ, त्यो मोबाइलमा सेभ गरिएका नम्बरलाई त्यस्ता एपले आफ्नो डेटावेसमा राख्ने र ट्रुकलर जस्ता एप डाउनलोड गरेका अरु प्रयोगकर्तालाई त्यही डेटावेसबाट जानकारी दिने गर्छ ।  त्यसैकारण यो नेपाल टेलिकमले दर्ता गरेको भन्ने होइन, नेपाल टेलिकमले स्पष्ट गरेको छ ।

ट्रुकलरमा कसरी नाम सच्याउने

ट्रुकलर एपले तपाईंको र तपाईंको कार्यालयको नाम गलत देखाउने गरेको छ भने त्यसलाई सजिलै सच्याउने सुविधा ट्रुकलरले दिएको छ ।  त्यसका लागि ट्रुकलरको वेभसाइटमा जानुहोस् ।  होमपेजमै नम्बरबाट नाम ‘सर्च’ गर्ने सुविधा छ ।  नाम आएपछि त्यसमा ‘सजेस्ट अ बेटर नेम’ सुविधा उपलब्ध छ ।

त्यहाँ गएर नाम परिवर्तन गरेपछि ट्रुकलरले ४८ घण्टा भित्र त्यस्ता नामहरूलाई ‘अप्रुभ’ गर्नेछ ।  यदी तपाईँलाई त्यस्ता नाम द्रुत गतिमा सच्याउनुपर्ने छ भने इमेल गर्ने सुविधा समेत छ ।अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको