June 5, 2017

यी तीन उपायबाट गर्मीमा शरीरलाई राख्नुहोस् फिट

mewa-khanu-falful-150x150१‍. तरल पदार्थ अत्यधिक लिनुहोस्

जूस, दही, लस्सी, मही, कागती पानी, बेलको सर्बत, नरिवल पानीजस्ता तरल पदार्थ बढी खानुपर्छ । चिया तथा कफीबाट भने सकेसम्म टाढै हुनुहोस् । यिनमा भएका क्याफिनले शरीरलाई डिहाइड्रेट बनाउँछ। ज्यादैं चिसो पानी पनि नपिउनुस् । ज्यादा चिसो पानीले पाचन प्रणालीलाई असर पार्छ र शरीरलाई प्राकृतिक चिसो बनाउने प्रणालीमा नकारात्मक असर पार्छ।

२. सिजनअनुसारका तरकारी तथा फलफूल खानुहोस्

गर्मी मौसममा गोलभेंगा, पालुंगो, लौकाजस्ता तरकारी खानुहोस् र यिनीहरुमा कम क्यालोरी हुन्छ र एसिडीटीजस्ता समस्या समाधान हुन्छ । यी तरकारीले गर्मीमा चिसो बनाउन मद्दत गर्छ । यस्तै, मौसमी फलफूल पनि धेरै खानुपर्छ । यसबाट पेट पनि भरिन्छ र क्यालोरी पनि भरिन्छ । तरबूजाले शरीरलाई हाइड्रेट हुनबाट बचाउँछ र छालालाई सूर्यबाट हुने नकारात्मक असरबाट बचाउँछ।

कागतीले पनि छालालाई नरम बनाउछन् र शरीर ताजा बनाउछन् । आँपमा आइरन हुन्छ भने स्ट्रबेरीले युरिनरी समस्याबाट राहत मिल्छ । तौल घटाउन मन छ भने बिहान ब्रेकफास्टमा केरा खानुहोस्, यसमा रहेको पोटासियमले दिनभर तपाईंलाई चुस्त बनाउछ । अमला भिटामिन सी, क्याल्सियम, फस्फोरस वा आइरनको राम्रो स्रोत हो ।

३. हल्का व्यायमले फिट राख्छ

बिहान–बेलुकी घरमा हल्का अभ्यास गर्नाले गर्मी मौसमका शरीरलाई फिट राख्छ । व्यायामचाहिँ कुनै कुशल गुरुसंग सिक्नुहोस् । यदि कुनै बिरामी हुनुभएको छ भने व्यायाम गर्नुअघि डाक्टरको अनुमति लिनुहोस् । बिहान ६ देखि सात बजेसम्मको समय मर्निङ वाक सबैभन्दा उपयुक्त हुन्छ । बेलुकी खाना खाएपछि पनि १५–२० मिनेट हिडडुल गर्नाले गर्मीमा शरीरलाई फिट राख्न मद्दत गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि