लोकमानले प्रचण्डलाई धम्क्याए

Prachanda-with-Lokman-Singhकाठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ ।

प्रधानन्यायधीश कार्कीले नेपाल साप्ताहिकसँगको अन्तर्वार्तामा यो तथ्य सार्वजनिक गरेको खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। ‘अब म त हिँड्ने बेला भयो,खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन लागेको प्रधानन्यायाधीश कार्कीले भनिन्,‘लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनु भयो।उहाँ भारत भ्रमणबाट आएको भोलिपल्टैको दिन थियो र मुद्दाको कुरा निकाल्नुभयो ।’

दाहालल उदृत गर्दै कार्कीले भनिन्, ‘ तपाईले निस्सा दिएर बबाल गर्नुभयो, लोकमान्जीले मलाई धम्क्याए । म यो कुर्सीमा सात महिना बस्छु म बसुन्जेल मुद्दा रोकिदिनुहोस्। म गए पछि फैसला गर्नुहोला।’ कार्कीले अगाडि भनिन्,‘त्यसपछि मैले भनेः अब मेरो हातमा छैन । मुद्दाले आफ्नो कोर्स लिइसक्यो। मैले मुद्दा हेर्दा पनि हेर्दिन अर्को बेन्चले हेर्छ भन्दिएँ। त्यसैगरी अन्य मुद्दामा पनि भनसुन र दबाब दिन थालेपछि उनलाई भेट्न छाडेकोसमेत उनले खुलाइन्। ‘उहाँले तीन खेप बोलाउनुभयो ।

एक पटक लोकमानको मुद्दा भएको बेला, अर्को पटक सीमांकन विवाद हुँदा र अर्को पटक केमा हो मैलै विर्सिएँ। कार्कीले भनिन्,‘ तीनै पटक म पाँच पाँच मिनेट बसेँ हुँला चियाँ खाए निस्किएँ। राज्यका दुई निकायका प्रमुखबीचको भेटलाई मैले सुरूमा शिष्टाचारकै रूपमा लिएँ। तर जति पटक मैले भेटेँ र निस्कन नपाउँदै उहाँले कुरा मिलिसक्यो भनेर मिडियालाई भन्न थाल्नुभयो। त्यसपछि म प्रचण्डसँग सतर्क भएँ।’ कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको