June 4, 2017

राजपा र राप्रपाले के गर्ला निर्णय ?

जेठ २१, काठमाडौं –  राष्ट्रिय जनता पार्टी र राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने संकेत गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेससँग भएको छलफलमा राजपा प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न सकिने जनाएको हो ।

उक्त बैठकमा राजपाका नेताले देउवालाई अग्रिम बधाई दिँदै समर्थनका विषयमा औपचारिक निर्णय आइतबार बिहान बस्ने बैठकबाट गर्ने जनाएका छन् ।

‘उहाँले सहयोग गर्न आग्रह गर्नुभयो, हामीले हाम्रा मुद्दामा सकारात्मक भए सहयोग गर्न सक्छौं भनेका छैाँ’, बैठकपछि राजपा नेता राजेन्द्र महतोले भन्नुभयो ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देउवालाई समर्थन गर्ने संकेत गरेको छ । राप्रपाले आइतबार बिहान पार्टी बैठक बोलाएर औपचारिक निर्णय गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने