धेरै दलको समर्थन खोज्दै कांग्रेस सभापति शेरबहादुर देउवा

deuba-

जेठ २०, काठमाण्डाै । प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने प्रयासमा छन् । माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड पार्टी नेपालको समर्थन पाएका उनले राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन छलफल गरिरहेका छन् । कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार पार्टी मुख्यालयमा बसेको बैठकले सत्ता समीकरणका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

सभापति देउवाले सत्तासमीकरण बलियो बनाउन पार्टीका तर्फबाट नेताहरू विमलेन्द्र निधि र रमेश लेखकलाई खटाएका छन् । राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्तासहितका विषयमा प्रतिबद्धता आएपछि देउवालाई समर्थन गर्ने संकेत दिएको छ । कांग्रेसले आज सहयोगको अपिल गर्दै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्रीमा पार्टी सभापति देउवालाई सहयोग गर्न अन्य दललाई अपिल गर्ने भएको छ । २९ सदस्यीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । संसदमा रहेका दलहरुलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह औपचारिक आग्रह गरिने केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए ।

उनले भने, ‘बहुमतको लागि पहिलेकै गठबन्धन छ । अझै थप दलहरुलाई पनि सरकारमा सहयोग गर्न शनिबार औपचारिक आह्वान गर्छौं ।’ संसदमा रहेका दलहरुलाई पत्रमार्फत् तथा एमालेसहितका दलका नेतालाई भेटेरै पनि सहयोगको आग्रह गरिने उनको भनाइ छ । प्रधानमन्त्रीका लागि शनिबार ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । दुई तिहाइ पुर्याउने प्रयास प्रधानमन्त्री भएपछिका चुनौतीको समाधानका लागि पनि सत्ता गठबन्धनमा धेरै दल समेट्ने तयारीमा कांग्रेस छ ।

‘धेरै राजनीतिक मुद्दा किनारा लगाउँदै संविधान कार्यान्वयन गर्नुपर्ने अवस्था छ,’ कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘चुनौतीको सामना गर्न पनि हामी सरकारमै दुई तिहाई पुर्याउन प्रयासरत छौं ।’ दोस्रो चरणको स्थानीय निर्वाचन, संविधान संसोधन, स्थानीय तहको संख्या थप्ने निर्णय, प्रदेशको सीमाकंन, प्रदेश र संसदको निर्वाचन ७ माघसम्म सक्नुपर्ने चुनौती नयाँ सरकारसँग छ ।

औपचारिक आग्रहको प्रतिक्षामा राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएर बाहिरिएको राप्रपा नयाँ सत्ता गठबन्धनप्रति सकारात्मक छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावपछि मात्र टुंगोमा पुगिने राप्रपाका नेता मोहन श्रेष्ठले बताए । राप्रपामा सरकारमा सहभागी हुनुपर्ने दबाब छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको