June 2, 2017

श्रीपेच राख्ने ठाउँ भेटिएन : सर्वसाधारणले हेर्न नपाउने

जेठ १९, काठमाडौं – तत्कालीन राजा ज्ञानेन्द्रले नासोका रूपमा सरकारलाई बुझाएको श्रीपेच अझै सार्वजनिक नगरिने भएको छ । सुरक्षा प्रबन्ध नमिलेकाले श्रीपेच सार्वजनिक गर्न ढिलाइ भएको नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

-‘सर्वसाधारणका लागि श्रीपेच सार्वजनिक गर्ने भनिएको थियो । सुरक्षा प्रबन्धका कारण यस्तो भएको हो । श्रीपेच राख्ने ठाउँको सुरक्षा विश्लेषण गर्न सकिएको छैन,’ ढुंगानाले भने, ‘सबै व्यवस्थापन नभएकाले श्रीपेच सार्वजनिक हुन अझै समय लाग्छ ।’ नारायणहिटी दरबार संग्रहालयमा रूपान्तरण भएलगत्तै श्रीपेच सर्वसाधारणका लागि सार्वजनिक गरिने भनिएको थियो ।

-तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्ने वेला २९ जेठ ०६५ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई श्रीपेच जिम्मा लगाएका थिए । अहिले श्रीपेच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सेनाको नारायणहिटी बाहिनी र संग्रहालयको सुरक्षामा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने