May 11, 2017

प्रमुख ६ राजनीतिक दलका शीर्ष नेताबीच शितल निवासमा छलफल

राष्ट्रपति_भण्डारी_र_प्रमुख_६_राजनीतिक_दलका_शीर्ष_नेताबीच_शितल_निवासमा_छलफल6255-150x150

काठमाडौं। दलहरुबीच चुनाव प्रचार क्रममा झडप हुन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख ६ राजनीतिक दलका शीर्ष नेतालाई शितल निवास छलफल गरिरहेकी छन्।

 

निर्वाचनको मिति नजिकिएसँगै चुनाव प्रचारका क्रममा दलहरुबीच झडपका घटना बढ्न थालेपछि दलहरुलाई त्यसतर्फ सचेत गराउन राष्ट्रपतिले दलका नेतालाई छलफलका लागि बोलाइएकी हुन्।

चुनाव प्रचारका क्रममा मंगलबार राति दोलखामा एमाले र माओवादी केन्द्रबीच भएको झडपमा एक जना एमाले कार्यकर्ताको मृत्यु भएको थियो।
यसैगरी निर्वाचन अगाडि बजेट ल्याउने विषय र संविधान संशोधनका विषयमा पनि छलफल हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष कमल थापा, राजपा नेपालका संयोजक महन्त ठाकुर, संघीय समाजवाली फोरमका अध्यक्ष उपेन्द्र यादव छलफलमा सहभागी छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने