काठमाडौ, बैशाख २७ – एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस –माओवादीले कानुनी राजको उपहास गरेको आरोप लगाएका छन् ।
सभामुखमाथि ओलीको हमला
अध्यक्ष ओलीले भने ‘भुलचुकमा उच्च ओहदामा पुगेका उग्रपन्थीहरुले हिजो जुन व्यवहार देखाए, त्यो कानुनीराजको उपहास नै हो, उनीहरु कानुनी राज्य मान्दैनन भन्ने बुझिन्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सभामुख ओनसरी घर्तीको भुमिकामाथि समेत प्रश्न गरे । उनले भने ‘ सभामुखले के गर्न खोजेको हो ?बुझेका छैनौ । एकजना संसद उठ्दा संसद स्थगित गर्ने सभामुख संसदमा सिंगो एमाले उठ्दा थाहा पाउँदिनन् । बरु, उल्टो किताव पढ्न थाल्छिन यो हामीले बुझेका छैनौ ।’
सभामुख घर्तीको भुमिका शंकास्पद रहेको अध्यक्ष ओलीको भनाई थियो । ‘ सभामुखको मर्यादा के हो भन्ने कुरा बुझ्नुपर्यो । सत्ताको दुरुपयोग गरेर, बलमिच्चयाए सभामुखले हिँड्न मिल्दैन ।’
सर्वोच्च अदालतलाई बहिस्कार गर्नु कुन मर्यादाभित्र पर्छ भन्दै अध्यक्ष ओलीले प्रश्न गरे ।
सरकारले गुण्डा लगायो
सम्बोधनका क्रममा अधिकांश समय सत्तारुढ दल र सभामुख ओनसरी घर्तीमाथि खनिएका ओलीले दोलखा घटनामा सरकारले काठमाडौबाट गुण्डा लगेर घटना घटाएको आरोप लगाए ।
उनले भने, ‘ खाना खाइरहेका एमाले कार्यकर्तालाई दोलखामा आक्रमण गरेर हत्या गरियो । यतिसम्म की अपराधिहरु समातिएपनि माओवादी नेताको निर्देशनमा छाडिएको छ ।यसरी सत्ताको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन । ’
प्रधानमन्त्री प्रचण्डलाई देशको भन्दा आफ्नै सन्तानको चिन्ता भएको ओलीले आरोप लगाए । उनले भने ‘ देश यो अवस्थामा छ तर प्रधानमन्त्री आफ्नै सन्तानलाई कसरी जिताउने भन्नेमै चिन्तित हुनुहुन्छ ।’
फरक प्रशंगमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड आज एउटै डुङगामा नारिएर चितवन जान लागेको भन्दै प्रचण्ड र देउवा मिलेपनि कांग्रेस कार्यकर्ताले विगतमा माओवादीले सताएको नर्विसिएको बताए ।
बुद्धिजिवीमाथि प्रहार
कांग्रेस माओवादी, सभामुखपछि ओलीका निशाना बुद्धिजिवीहरु परेका थिए । सम्बोधनका क्रममा ओलीले बुद्धिजिवीहरुले देशको माया नगरेको बताए । भने,‘ पहिला नपढेका मानिसहरुले यो देशको सीमा बचाए, दुश्मनलाई खेदे तर अहिले पढेलेखेका भन्नेहरुलाई देशको कुनै चिन्ता छैन ।’
उनले एमाललेलाई भोट दिन नपर्ने कुनै कारण कसैले देखाउन सके आफु २४ सै घण्टा त्यसबारेमा बहस गर्न तयार रहेको दावी समेत गरे । विमा कम्पनीहरुबाट सरकारले मोटो रकम असुल्न लागेको भन्दै ओलीले चुनावी खर्च उठाउन बीमा कम्पनीहरुसँग कुरा भइरहेको आफुले थाहा पाएको आरोप समेत लगाए ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप