प्रदेशको चुनाव पनि प्रतिपक्षमै बसेर लड्नुपर्छ, चित्त नदुखाउनुस् – गगन थापा

Gagan-Thapa-3२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रदेश र केन्द्रको चुनावमा पनि नेकपा एमाले प्रतिपक्षमै रहने बताएका छन् ।

 

नेपाली कांग्रेस चुनाव प्रचार उपसमितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले तत्काल एमाले सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् ।

‘सरकार बनाउनलाई अंक गणित पनि मिल्नुपर्छ । सांसद पनि चाहिन्छ,’ थापाले एमालेतर्फ लक्षित गर्दै भने, ‘दुःखका साथ भन्नुपर्छ तपाईंहरुले यो चुनावमात्र होइन, प्रदेश र त्यसपछाडिका चुनावमा पनि प्रतिपक्षको रुपमा चुनावमा भाग लिनुपर्छ । चित्त नदुखाउनुहोला ।’

उनले माओवादी केन्द्रसँगको सत्ता गठबन्धन पछिसम्म पनि कायमै रहने बताए । ‘करिब-करिब दुई तिहाई बहुमतको अवस्था लिएर बसेको अहिलेको सरकार निर्वाचनलगत्तै बदलिन्छ र हामीले नयाँ सरकार बनाउँछौं भन्नु योभन्दा आधारहिन कुरा अरु केही हुँदैन,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको