May 6, 2017

ठूला दल तालमेलमा, वैकल्पिक पार्टी एक्लाएक्लै मैदानमा

बैशाख २३, काठमाडौं – ठूला दल कांग्रेस, एमाले, माओवादी, राप्रपासमेत चुनावी तालमेल गर्न कस्सिइरहँदा वैकल्पिक शक्ति मानिएका नयाँ दल भने एक्लाएक्लै लड्न अग्रसर छन् । आजको कान्तिपुरमा खबर छ ।

नयाँ शक्ति पार्टी, साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच परस्पर तालमेलको चर्चा भए पनि मोर्चाबन्दी गर्न  उनीहरु उदासीन देखिए । नयाँ शक्ति पार्टीले साझा पार्टी र विवेकशीलसग चुनावी सहकार्यको प्रस्ताव लगे पनि उनीहरुले एक्लाएक्लै अघि जान रुचि देखाए । साझा पार्टीले विवेकशीलसग छुट्टै तालमेल प्रयास गर्‍यो, तर उम्मेदवारी संरचनामा कुरो नमिलेपछि त्यो प्रसंग त्यत्तिकै हरायो ।

वैकल्पिक भनिएका अरु दुई दलसग कुरो नमिलेपछि नयाँ शक्तिले संघीय समाजवादी फोरमसग चुनावी तालमेल गरेको छ । उनीहरु एउटै चुनाव चिह्न ‘मशाल’ अन्तर्गत लड्ने सहमतिमा पुगेका छन् । स्थानीय चुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न अनुमति दिए पनि चुनाव चिह्न भने संसदभित्र भएका दललाई मात्रै दियो । नयाँ शक्तिले आफ्नै चुनाव चिह्न आँखा पाउनुपर्ने भन्दै धर्नालगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

तर आयोगले मतपत्र छापिसकेको भन्दै कुनै वैकल्पिक चिह्नसहित चुनाव लड्न आग्रह गर्‍यो । त्यसपछि नयाँ शक्तिले चुनावमा भाग लिन हाल एकता चर्चामा रहेको फोरमकै चिह्न मशाल लिने निर्णय गर्‍यो । विवेकशील र साझाले पनि चिह्न पाउनुपर्ने माग गरे पनि सफल भएनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको