बैशाख २०, काठमाडौं – पहिलो चरणको निर्वाचनमा सुरक्षा तयारी पुरा भएको र सुरक्षा निकाय अहिले निर्वाचन हुने क्षेत्रमा खटिएको गृह मन्त्रालयले जनाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
प्रदेश नम्बर ३, ४ र ६ मा सुरक्षा निकायको टोली परिचालन भएको र त्यसरी खटिएका सुरक्षा अधिकारीले मतदान केन्द्र तथा सुरक्षा अवस्थाको बारेमा समेत जानकारी लिएर तयारीमा लागेको सुरक्षा निकायहरुले जनाएका छन् ।
सरकारले पहिलोपटक निर्वाचन हुने क्षेत्रलाई तीन भागमा विभाजन गरेर सोही अनुरुपको सुरक्षा व्यवस्था समेत गरेको जनाएको छ ।
सुरक्षा निकायले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेको छ ।
पहिलो चरणमा म्यादी प्रहरी सहित १ लाखको हाराहारीमा सुरक्षा फौज परिचालन हुने भएको छ ।
तीन वटा सुरक्षा निकायमध्ये नेपाल प्रहरी मतदान केन्द्रभित्र रहने र उसले मतपत्र तथा मतपेटिकाको सुरक्षा गर्नुका साथै मतदान केन्द्रमा प्रवेश गरेका मतदाताको सुरक्षा गर्नेछ ।
त्यो भन्दा बाहिर मतदान केन्द्रको सुरक्षा सशस्त्र प्रहरीले गर्ने र मतदान केन्द्र रहेको इलाकाको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको