केशव स्थापितको मेयर बन्ने सपना चकनाचुर

Keshav-Sthapitकाठमाडौं १९ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले काठमाडौं महानगरपालिका बाट मेयरको रुपमा विद्यासुन्दर शाक्यलाई मनोनयन गराएपछी पुर्व मेयर केशव स्थापितको फेरी पनि मेयर बन्ने सपना तुहियको छ । आगामी वैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागी निर्वाचन आयोगले आज तोकेको मनोनयन दर्तामा एमालेले विद्यासुन्दर शाक्यलाई मेयर पदमा अगाडी सारेको छ ।

निर्वाचन घोषणा भएलगत्तै केशव स्थापित सामाजिक संजाल र मिडियाहरुमा आफुलाई एमालेले फेरी पनि मेयरको लागी उठाउने दावी गर्दै आएका थिए । जनमानसमा पनि उम्मेदवार स्थापित नै बन्ने भन्ने आकलन थियो । पुर्व मेयर भैसकेका स्थापितले फेरी पनि मेयर बन्दा केके गर्ने हुन् भन्ने उत्सुकता पनि जनतामाझ व्याप्त थियो । विभिन्न मिडियाहरुमा उनले आफु मेयर बनिसकेपछी गर्ने कामहरुको योजना सुनाइसकेका पनि थिए तर एमालेले शाक्यलाई उम्मेदवार छनोट गरेपछि उनको सपना सपनामै सिमित रहेको छ ।

प्रदेशबाट उनको नाम नाआएपनि सोमबार उम्मेदवार छनोट कार्यक्रममा एमालेका नेता शंकर पोखरेलले उनलाई मेयरको रुपमा अगाडी सारेका थिए जसलाई नेता वामदेव गौतमले स्वीकार समेत गरेका थिए ।

आफुलाई एमालेले मेयरको लागी उम्मेदवार नबनाएपनि अरु राजनीतिक दलाहरुबाट प्रस्ताव आएको र आफुले अस्विकार गरेको बताउदै स्थापितले आफ्नो अरुनै काम रहेको जनाएका छन् । तथापी शाक्य मेयरको लागी छनोट भएपछी सामाजिक संजालबाट भने स्थापितले बधाई ज्ञापन गर्दै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न