बैशाख १८, काठमाडौं – सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ । आजको नागरिकमा खबर छ ।
सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राती बसेको आकस्किम बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।
प्रधानसेनापति रोजेन्द्र क्षत्रीको नेतृत्वमा बलाधिकृत रथी र बलाध्यक्ष रथीसहित सबै महानिर्देशनालय प्रमुखसहितको बैठकमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सम्भावित सुरक्षा चुनौती सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन भएको बैठकमा सहभागी एक उपरथीले बताए ।
उनका अनुसार तराईका जिल्ला साथै पहाडी र हिमाली भेगमा समेत राजनीतिक आवरणमा विध्वंशका गतिविधि हुन सक्ने विषयमा बैठकमा छलफल भएको हो ।
उनले भने, अवस्था देश र जनताको अहितमा रहे सामनाका लागि तयार रहन प्रधानसेनापतिबाट निर्देशन भएको हो ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने