जेठ १७, बाजुरा – गोमा एयरको जहाज लुक्लामा दुर्घटना भएको चार दिन नबित्दै नेपाली सेनाको जहाज दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लास्थित सिमकोटका लागि उडेको नेपाली सेनाको कार्गो जहाज मंगलबार बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको हो । कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ । आर्मी ४८ कलसाइन भएको सैनिक विमानकी सहचालिका सहसेनानी अनिता आले र स्टेवार्ड पूर्णबहादुर खड्का गम्भीर घाइते भएका छन् । घाइते दुईजनालाई नेपालगन्ज उपचारका लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक जगदीश भट्टले बताए । दुर्घटनाग्रस्त विमानमा आगो लागेको थियो ।
कोल्टीस्थित सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार गम्भीर घाइते सहचालक अनिता आले बोल्न नसक्ने अवस्थामा छिन् । सुबेदार पूर्णबहादुर खड्काको हात भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । मृतक क्याप्टेन गुरुङसहित दुवै घाइतेलाई सीता एयरलाइन्सको डोर्नियर विमानले दिउँसो १ बजेर २३ मिनेटमा नेपालगन्ज ल्याएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।
यसरी भयो दुर्घटना
सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार मंगलबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक तथा नेपालगन्जबाट गोमा एयरलाइन्सको जेट विमान र सीता एयरलाइन्सको डोर्नियर विमान मौसम खराबीका कारण डाइभर्ट भएका थिए । ‘यीमध्ये गोमा सिमकोट नपुगी नेपालगन्जतर्फ फर्केको थियो भने सीता कोल्टीतर्फ डाइभर्ट भएको थियो । उताको मौसम खराब भएपछि सीता एयरलाइन्सले साढे १२ बजे कोल्टीमा अवतरण ग¥यो । यसमा मानसरोवरका लागि उडेका भारतीय तीर्थयात्री थिए,’ थापाले भने ।
सीता एयरलाइन्स अवतरण भएको चार मिनेटपछि सेनाको स्काई ट्रक कोल्टी आइपुगेको उनले बताए । ‘अवतरण गर्न लागेका वेला जहाजले धावनमार्गको टचडाउन मार्कभन्दा धेरै माथि आएर मात्रै टेक्यो, आधा धावनमार्गमा टेकेकाले जहाज बाहिर गहुँखेतमा पुग्यो,’ थापाले भने । खेतमा पुगेपछि विमानमा आगो लागेको थियो । उनका अनुसार सेनाको विमानमा चामल र कुखुुराको मासु थियो । विमान दुर्घटना हुनेबित्तिकै प्रहरी र नेपाली सेनाभन्दा अगाडि स्थानीयवासी पुगेर घाइतेको उद्धार गरेको स्थानीय अनिल शाहीले बताए । विमान खसेको पाँच मिनेटमै गाउँले घटनास्थल पुगेका थिए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको