यस्तो मन्दिर, जहाँ भगवानको आशिर्वाद मात्र होइन ऋण पनि पाइन्छ

temple

मन्दिर भन्ने बित्तिकै फूल, प्रसाद, अक्षता चढाएर भगवानको पुजाआजा गर्ने र आशिर्वाद माग्ने वा मन शान्ति पार्ने ठाउँ भन्ने बुझिन्छ । तर एउटा यस्तो मन्दिर पनि छ जहाँ भगवानबाट आशिर्वाद मात्र पाइँदैन मन्दिरबाट ऋण पनि पाइन्छ ।

भारतको हिमाचलस्थित सिमला, सिरमौर, किन्नौर तथा लाहैल स्पितीमा छ । त्यहाँ आवश्यक परेका मानिसहरुले सजिलै सँग कर्जा लिन पाउँछन् ।

 

मन्दिरबाट ऋण लिने परम्परा सदियौँ पूरानो हो । मन्दिरले दिने ऋण एक वर्षमै चुक्ता गर्नुपर्दछ । त्यसरी लिएको ऋणको केवल २.३ प्रतिशत मात्र व्याज तिर्नुपर्दछ । ऋणीको आर्थिक अवस्था निकै कमजोर भएमा मन्दिरका प्रबन्धकले निर्णय गरी ऋण माफी प्नि गरिदिन सक्दछन् ।

ऋण दिने बेलामा व्यक्तिलाई आवश्यक छ की छैन भन्ने हेरिन्छ न की ऋणीले ऋण चुक्ता गर्ला की नगर्ला, वा ठगी गरेर भाग्ला की भन्ने सोँच राखिँदैन । भगवानलाई कसैले धोका दिँदैन भन्ने विश्वास गरिन्छ ।

मन्दिरमा नगद मात्र होइन अन्नपात पनि ऋणको रुपमा पाइन्छ । नगदमा लिएको ऋण नगदै चुक्ता गर्नुप्र्छ भने अन्नपातको ऋण अनाजकै रुपमा ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित