हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ ।
समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् :
कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले जिवनमा यौनलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ ।
टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको सरीरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।
वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।
सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।
सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक दोश्रोको सरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् । यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ ।
एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।
वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ ।
अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् ।
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै
२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ