काठमाडौँ, १६ जेठ । भरतपुर महानगरपालिकाको मतगणना स्थलमा भएको विवादको सत्यतथ्य छानबिन गर्नका लागि निर्वाचन पर्यवेक्षण टोली आज त्यसतर्फ गएको छ ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाको विवादबारे बुझ्नका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र सङ्कल्पका विषयविज्ञसहितको एक उच्चस्तरीय टोली भरतपुर प्रस्थान गरेको नियोकका कोषाध्यक्ष भवानीप्रसाद खरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार छानबिनका लागि नियोगका तर्फबाट उपाध्यक्ष चरण प्रसार्इं, महासचिव डा गोपालकृष्ण शिवाकोटी, प्रा चिरञ्जीवी खनाल, हस्तबहादुर गुरुङ, सङ्कल्पको कार्यकारी निर्देशक चन्दा राई श्रेष्ठ टोलीमा रहनुभएको छ ।
उक्त स्थानमा सत्यतथ्य बुझ्ने क्रममा टोलीलाई सहयोग पु¥याइदिनु हुन नियोकले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दलहरु, उम्मेदवार एवम् सर्वसाधारण नागरिक सबैलाई आग्रह गरेको छ ।
उक्त महानगरपालिकाको वडा नं १९ मा मतगणना गर्ने क्रममा जेठ १४ गते राति दलका प्रतिनिधिले एक्कासी मतपत्र च्यातेपछि विवाद भएको थियो ।
असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले
काठमाडौँ, असोज ५ गते । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र
ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)