१६ जेठ, काठमाडौं । चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ ।
राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए ।
उनले भने, ‘चुनाव मिति सार्ने सरकारको निर्णस सकारात्मक छ । यो निर्णयसँगसँगै संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिको माग पनि सम्बोधन भएमा हामी चुनावमा जाने बाटो खुल्छ ।’
चुनाव सार्ने निर्णयपछि राजपाले यसअघि घोषणा गरेको आन्दोलनका कार्यक्रम पुनरावलोकन हुने या स्थगित हुन सक्ने उनले बताए । ‘अब आन्दोलनका कार्यक्रम पुनरावलोकन हुन सक्छ या स्थगित पनि हुन सक्छ,’ झाले भने ।
राजपाका दोस्रो तहका नेता मनीष सुमनले भने सरकारी निर्णय राजपाका लागि हर्ष न बिस्मात् भएको प्रतिक्रिया दिए । ‘हाम्रो माग संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको वृद्धि गर्नुपर्छ भन्ने हो । यो माग पूरा नभएसम्म चुनाव मिति सार्नु न हर्ष न बिस्मात हो,’ उनले भने ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने