आत्महत्या गर्न हिँडेकी महिलाकाे बाटाेमै बिवाह : त्यसपछि के भयाे ?….

जेठ १६, एजेन्सी । एक युवती आत्महत्या गर्नका लागि घरबाट निस्किन्छिन् । बाटोमा उनले एक युवकलाई भेटेर आफ्नो उद्देश्य परिवर्तन गर्छिन् र तिनैसँग बिहे गर्छिन् । यस्तो घटना त प्रायः फिल्ममा देखिन्छ । तर यो वास्तविक जीवनमा भएको छ । भारतको बिहार राज्यको नवादा जिल्लाको शाहपुर गाउँमा यो घटना भएको हो ।

त्यहाँकी पिंकी नामक युवतीलाई उसका ससुरालीका मानिसले अत्याचार गर्ने गर्थे । दिनदिनै उनलाई कुटपिट गरेर उनीहरू उनलाई पागल घोषित गर्ने सूरमा थिए । पिंकीले दिनहुँको अत्याचार सहन नसकेर आत्महत्या गर्ने फैसला गरिन् र घरबाट निस्किन् । ट्रेनमुनि सुतेर मरिदिन्छु भनी उनले निश्चय गरिन् । तर बाटोमा उनले नजिकैको गाउँका अखिलेश माझीलाई भेटिन् ।

अखिलेशले पिंकीको हाउभाउ र कुराकानीबाट आत्महत्याको सुइँको पाएका थिए । त्यसपछि उनले पिंकीलाई खुबै सम्झाए र आफ्नो घर लगे । यता पिंकीका ससुराली र माइती दुवैले उनी हराएको खबर प्रहरीलाई लिए ।

केही दिनपछि पो थाहा भयो पिंकी त बकडझोली भन्ने ठाउँमा कसैसँग बसिरहेकी रहिछन् । उनी अखिलेशसँग बिहे गरेर बसेकी थिइन् । अखिलेशका पिता तथा पूरा परिवारले पिंकीलाई बुहारीका रूपमा स्वीकार गरेका रहेछन् ।

गाउँलेहरूका अनुसार अखिलेश र पिंकीले भेट भएको भोलिपल्टै गाउँको मन्दिरमा बिहे गरेका रहेछन् । दुवैको जात फरक भएपनि समाजमा कुरा नउठोस् भनेर बिहे गरेका रहेछन् । केही मानिसहरूले पिंकी र अखिलेशको फैसलाको प्रशंसा गरेका छन् र पिंकीले जिन्दगीमा अघि बढ्ने फैसला लिएर राम्रो गरिन् भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने