अव पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने ! हेर्नुस के के गर्न पाईदैन ?

जेठ १४, काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो ।

dogत्यति मात्र होइन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ । मानिसलाई दैनिक अधिकतम ८ घन्टासम्म काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकका श्रम ऐनले गरेको छ । पशुपक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो ।

निर्देशिकाले बूढो भएको पशुलाई छाडा छोड्न नपाइने व्यवस्था गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ । पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने तथा डर, त्रास र तनाव हुन नदिनका लागि निर्देशिका ल्याइएको हो ।

 

‘भौतिक तथा शीत, तापजन्य असुविधाबाट सुरक्षित गर्न र पीडा, घाउचोट र रोगव्याधीबाट सुरक्षित राख्न जरुरी छ,’ निर्देशिकामा भनिएको छ । निर्देशिकाले घरमा पालेको पशुको जानकारी स्थानीय तहमा रहेको सरकारी निकायमा पशुधनीले दर्ता गर्नुपर्ने प्रावधान पनि तोकेको छ । नियमित उपचार गरेर पशुलाई कुनै पनि अप्ठ्यारो परिस्थितिको पशुधनीले निराकरण गर्नुपर्ने व्यवस्था छ ।

पुच्छर बटार्न नपाइने
पशुले काम गरिरहेका वेला मानिसले अक्सर पुच्छर बटार्ने, चोटपटक लाग्ने गरी कुटपिट गर्ने गरेको देख्न पाइन्छ । तर, निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गराउन नपाइने व्यवस्था गरेको छ । कोर्रा, चक्कु, बन्चरो, पासो, विद्युतीय करेन्ट, खुर्सानीको धुलोलगायतको प्रयोग गरी पीडा दिन नपाइने व्यवस्था पनि निर्देशिकामा छ । यस्तो व्यवस्थाविपरीत क्रियाकलाप गरेर पशुप्रति निर्दयी व्यवहार भएको ठहरिने निर्देशिकामा उल्लेख छ । त्यस्तै पशुलाई घाउचोट वा पीडा हुने गरी फाल्सन लगाउने, नाक, पुच्छर, खुट्टा बाँध्ने वा झुन्ड्याउन पनि रोक लगाइएको छ ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

खसी पार्न पाइने
दर्तावाला पशु चिकित्सक वा अधिकारप्राप्त व्यक्तिले कानुनले तोकेबमोजिम वा स्वीकृत कार्यविधिअनुसार सिङ काट्न, खसी पार्न, खुर काट्न, स्वास्थ्य परीक्षण, शल्यचिकित्सा वा स्वास्थ्योपचार गर्न पाउने व्यवस्था गरिएको छ ।

पशुलाई के गर्ने, के नगर्ने
– प्रचण्ड गर्मी, चर्को घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपात र बज्रपातजस्ता प्रतिकूल मौसममा काम नलगाउने
– दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने
– हप्तामा एक दिन आराम दिने
-भाले र पोथी पशुलाई एकैसाथ नराख्ने
– धेरै जाडो र धेरै गर्मी आश्रयस्थलमा नराख्ने
– लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने
– शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइने
– बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने
– भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साविकको भार घटाउने
– पशुलाई बाँध्ने दाम्लो, डोरीलगायत घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्नेे
– वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने ।

पशुलाई के गर्ने, के नगर्ने ?
गर्नुपर्ने
– बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने
– भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साबिकको भार घटाउने
– बाँध्ने दाम्लो र डोरी घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्नेे
– वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने ।

गर्न नहुने
– चर्को गर्मी र घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपातजस्ता प्रतिकूल मौसममा काममा नलगाउने
– दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने
– हप्तामा एक दिन आराम दिने
– भाले र पोथी पशुलाई एकैसाथ नराख्ने
– धेरै जाडो र गर्मी हुने स्थानमा नराख्ने
– लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने
– शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका