दोस्रो चरणको चुनावमा राजपासँग चुनावी तालमेलः बाबुराम भट्टराई

123-19

६ जेठ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीले मधेशी दलहरुको एकिकरण पछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसंग मिलेर चुनाव लड्ने घोषणा गरेको छ ।

नयाँ शक्ति नेपालले कपिलवस्तुको गोरुसिंगेमा शनिवार आयोजना गरेको स्थानीय तहको निर्वाचन केन्द्रित विशेष भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी संयोजक डा. बाबुराम भट्टराईले रराजपासँग चुनावी तालमेल गरेर निर्वाचनमा जाने बताएका हुन् । 

 यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरी उसैको चुनाव चिन्हमा नयाँ शक्ति पहिलो चरणको निर्वाचनमा सहभागि भएको थियो ।

नयाँ शक्ति पार्टी हालै स्थापना भएको कारण शिशु अवस्थामा रहेकोले पहिलो चरणको निर्वाचनमा अपेक्षित परिणाम हात पार्न नसकेको भन्दै भट्टराईले मधेशी दलसंग समिकरण गर्नै पर्ने बाध्यकारी अवस्थामा भएको समेत बताए ।

स्थानिय तहको पहिलो चरणको निर्वाचनमा पार्टीले नराम्ररी हार व्यहोरेकोमा निराश बनेका कार्यकर्ताहरुलाई सान्तवना दिंदै उनले मधेशमा नयाँ शक्तिले राम्रो परिणाम ल्याउने दावी समेत गरे ।

विगत देखि नै सरकारमा रहेको राजनीतिक दलले शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गरि चुनाव जित्ने र जितेपछि पनि पुनः भ्रष्टाचार गर्ने गरेकोमा पहिलो चरणको स्थानिय निर्वाचनमा त्यही अवस्था देखिएको पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने