६ जेठ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीले मधेशी दलहरुको एकिकरण पछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसंग मिलेर चुनाव लड्ने घोषणा गरेको छ ।
नयाँ शक्ति नेपालले कपिलवस्तुको गोरुसिंगेमा शनिवार आयोजना गरेको स्थानीय तहको निर्वाचन केन्द्रित विशेष भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी संयोजक डा. बाबुराम भट्टराईले रराजपासँग चुनावी तालमेल गरेर निर्वाचनमा जाने बताएका हुन् ।
नयाँ शक्ति पार्टी हालै स्थापना भएको कारण शिशु अवस्थामा रहेकोले पहिलो चरणको निर्वाचनमा अपेक्षित परिणाम हात पार्न नसकेको भन्दै भट्टराईले मधेशी दलसंग समिकरण गर्नै पर्ने बाध्यकारी अवस्थामा भएको समेत बताए ।
स्थानिय तहको पहिलो चरणको निर्वाचनमा पार्टीले नराम्ररी हार व्यहोरेकोमा निराश बनेका कार्यकर्ताहरुलाई सान्तवना दिंदै उनले मधेशमा नयाँ शक्तिले राम्रो परिणाम ल्याउने दावी समेत गरे ।
विगत देखि नै सरकारमा रहेको राजनीतिक दलले शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गरि चुनाव जित्ने र जितेपछि पनि पुनः भ्रष्टाचार गर्ने गरेकोमा पहिलो चरणको स्थानिय निर्वाचनमा त्यही अवस्था देखिएको पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आरोप लगाए ।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको