काठमाडौं, ६ जेठ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मत सङ्केतका लागि रातो रङको मसी प्रयोग गर्ने भएको छ ।
पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मतसङ्केत गरेकामा त्यसका कारण पनि मत बदर भएको गुनासो आएको थियो । त्यसै आधारमा आयोगले मसी फेर्ने निर्णय गरेको हो ।
आयोगका सचिव गोपीनाथ मैनालीले दोस्रो चरणमा मतदाताले रातो रङको स्वस्तिक छाप लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाँले दोस्रो चरणमा सुरक्षा रणनीति, मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने बताए ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको स्ट्याप मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरेको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको