२१ चैत, काठमाडौं । स्थानीय तहको विकासका लागि आफैँले आफ्नो प्रतिनिधी छान्ने स्थानीय तहको निर्वाचन हुन अब ४१ दिनमात्र बाँकी छ । तर, निर्वाचन आयोगले अहिलेसम्म मतदाता शिक्षा अभियान चलाएको छैन ।
यसपटक हुन लागेका निर्वाचन यसअघिको भन्दा फरक र फरक उद्देश्यले हुन लागेकाले मतदाता शिक्षा आवश्यक हुन्छ । आयोगले चैत अन्तिम सातावाट मात्र मतदाता शिक्षा अभियान सुरु गर्ने बताएको छ ।
दलहरुवीच राजनीतिक असमझदारी बढेको र निर्वाचन तालिकामा समेत प्रभावित भएको छ । यसको असर मतदाता शिक्षामा समेत पर्न सक्छ । यदि मतदाता शिक्षा अभियान प्रभावकारी नहुँदा मतदान गर्ने स्थिति आयो भने कसरी मतदान गर्ने रु कस्तो अवस्थामा तपाइले गरेको मतदान बदर हुन्छ वा नगन्य हुन्छ रु
निर्वाचन आयोगले मतदानको क्रममा यी ५ प्रकारको गल्ती नगर्न आग्रह गर्दै सूचनामूलक तस्वीर सार्वजनिक गरेको छ । मतदान केन्द्र पुगेपछि तपाईको हातमा सेतो कागजमा नीलो मसीले प्रिन्ट भएको मतपत्र प्राप्त हुन्छ ।
त्यसअघि तपाईले तपाईको मतदाता नामावलीको क्रम संख्या पत्ता लगाएर जानुपर्छ । त्यही क्रम संख्याका आधारमा तपाइको नामावली पत्ता लाग्छ र तपाईलाई मत हाल्ने अनुमति हुन्छ ।
तपाईले प्राप्त मतपत्रमा मतदान अधिकृतकै अगाडि हस्ताक्षर गर्नुपर्छ । त्यसपश्चात मतदान अधिकृतले हस्ताक्षर गरेपछि तपाईको हातमा रहेको मतपत्र मतदान गर्न योग्य हुनेछ । अब तपाईले मतदान गर्दा ध्यान दिनुपर्छ ।
तपाईले मतचिन्ह भन्दा बाहिरको घेरा छुने गरी मत संकेत गर्न पाउनु हुन्न । तपाईले जुन निर्वाचन चिन्हमा मतदान गर्न चाहनुभएको हो, त्यही चिन्हभित्र स्वस्तिक छाप लगाउनुपर्छ । त्यहाँभन्दा बाहिर मत संकेत भयो वा घेरा छोइयो भने तपाईको मत बदर हुनेछ ।
यसैगरी तपाईले मतदानका क्रममा गर्न सक्ने दोस्रो गल्ती हो, दुई मतचिन्हको वीचमा मत संकेत गर्नु । यदि त्यसरी मतसंकेत गरेमा पनि तपाईको मत बदर हुनेछ । आयोगले त्यस्तो मतलाई मान्यता दिँदैन ।
अर्को पक्ष हो स्वस्तिक छापको सट्टा औँठाछाप वा संकेत प्रयोग गरेमा । मतदाताले गर्न सक्ने गल्ती मतदानको क्रममा स्वस्तिक छाप नभेटेमा वा अन्य कारण कलमले ठीक चिन्ह लगाउने र औंठा छाप लगाउन सक्छन् । कोठाभित्रै पर्नेगरी पेनले मतसंकेत गरेमा वा औँठाछाप लगाए पनि त्यस्तो मत बदर हुनेछ । त्यसैले हरेक मतदाताले मत संकेतका लागि स्वस्तिक छापकै प्रयोग गर्नु पर्नेछ ।
मत बदर हुने चौथो कारण हो, मतसंकेत चिन्ह नबुझिने गरी छाप लगाएमा । मतदाताले मतसंकेतका क्रममा स्वस्तिक छापमा आवश्यक भन्दा बढी मसी प्रयोग गरी वा दुई वा सो भन्दा बढी पटक मतचिन्ह प्रयोग गरेमा तपाईले प्रयोग गरेको मतचिन्ह नचिनिने हुन्छ । निर्वाचन आयोगले त्यस्तो मत संकेतलाई मान्यता दिँदैन र तपाईको मतदान बदर हुन्छ ।
अन्तिम कारण हो, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र प्रयोग गरेमा । मतपत्रको दाहिने कुनामा मतदान अधिकृतको हस्ताक्षर गर्ने ठाउँ हुन्छ । मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र प्रयोग गरी यदि तपाईले मतदान गर्नुभयो भने त्यस्तो मतपत्र मान्य हुँदैन ।
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको